संसारका सबैभन्दा धनी डन को होला ? हेर्नुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७३, मंगलवार १९:२७

तपाईंले डन र उनीहरुको अवैध कारोबार बारे सुन्नुभएकै होला । तर के तपाईंलाई संसारका सबैभन्दा धनी डन को हो भन्ने बारे थाहा छ ? उनीहरुको कमाईको माध्यम के हो र उनीहरुको कति सम्पत्ती छ ? आज हामी तपाईंलाई संसारका यस्ता डन बारे जानकारी दिँदैछौं जसले अवैध धन्दाबाट अकूत सम्पत्ति कमाएका छन् । यो जानकारी फर्चुन, फोब्र्स, द रिचेस्ट डट कमको रिपोर्टको आधारमा तयार गरिएको हो ।

– वास्तवमा संसारमा थुप्रै त्यस्ता डन छन् जसले अपराधको सहारा लिई अकूत सम्पत्ति कमाएका छन् ।

– उनीहरुले आफ्नो अवैध कारोबारमार्फत संसारको अर्थव्यवस्थालाई मात्र प्रभावित गरेनन् आफैंलाई संसारका निश्चित धनी व्यक्तिहरुमा समावेश गरे ।

pablo-escobar-pic-rex-image-2-1381953361१. पाब्लो एस्कोबार, कोलम्बिया
जम्मा सम्पत्तिः २ लाख करोड भारतीय रुपैयाँ
– पाब्लो विशेषतः कोकिन स्मग्लर थिए । उनले यति सम्पत्ति कमाए कि फोब्र्सले उनलाई संसारको सबैभन्दा धनी व्यक्तिको सूचीमा समावेश गर्यो ।
– उनीसँग यति सम्पत्ति थियो कि उनले पैसाको बंडललाई खाल्डो बनाएर गाड्नु पर्दथ्यो ।
यसरी भए अपराधको दुनियाँमा प्रवेशः
– पाब्लो यति गरिब थिए कि स्कूलको फि तिर्न नसकेका कारण उनलाई स्कूलबाट निकालियो ।
– उनले सुरुमा चिहानबाट ढुङ्गा चोरेर स्मगलरलाई बेच्न थाले । यसरी नै उनले अपराधको संसारमा पाइला टेके ।
– २० वर्षको उमेरमा उनले आफ्नो गृह जिल्ला मेडिलीनबाट एक धनी कार्यकारीको अपहरण गरे र अहिलेको मूल्यको हिसाबले ४ करोड भारतीय रुपैयाँ फिरौती लिए ।
– सन् १९७५ सम्म २६ वषको उमेरमा उनी पूर्ण रुपमा नशाको कारोबारमा संलग्न भए ।
– उनी प्लेनको टायरमा कोकिन लुकाएर अर्को देशमा पठाउँथे । यो काममा प्लेनका केही कर्मचारीले पनि साथ दिने गर्दथे ।
– आफ्नो पिक टाइममा उनले अहिलेको मूल्यको हिसाबले एक दिनमा ४ सय करोड रुपैयाँसम्म कमाए ।
– पछि उनी कोलम्बियाको लिबरल पार्टीमा संलग्न भए ।
– उनले सन् १९९१ मा आत्मसमर्पण गरे र सन् १९९३ को एक गोलीकाण्डमा उनको मृत्यु भयो ।

२. सोलंटसेवसक्या ब्रात्वा, रुस
कुल सम्पत्तिः ५७००० करोड भारतीय रुपैयाँ
– सोलंटसेवसक्या ग्याङ्ग सन् १९८० मा सर्जेई मिखाइलोवद्वारा बनाइएको ग्याङ्ग थियो । सर्जेई एक वेटर थिए, जसलाई ठगीको मुद्दामा जेल पठाइएको थियो ।
– यो रुसको सबैभन्दा शक्तिशाली आपराधिक सिन्डिकेट हो, जसका थुप्रै समूह भिन्न भिन्न देशमा छन् ।
– यो समूहको १० भिन्न छुट्टै समूह छ जसले रुस, युक्रेन, हंगेरी, यूके, साउथ अफ्रिका र फ्रान्सजस्तो देशमा एक्टिभ छन् ।
– यो समूहमा जम्मा ९ हजार सदस्य छन् । समूहको कुल सम्पत्ति ५७,००० करोड अनुमानित छ ।
– नशालु पदार्थको कारोबार गर्नु यो समूहको मुख्य पेशा हो ।

३ दाउद इब्राहिमः
कुल सम्पत्तिः ४७,००० करोड भारतीय रुपैयाँ
– दाउद इब्राहिमको जन्म महाराष्ट्रको रत्नगिरी जिल्लामा भएको थियो ।
– उनले मुम्बईको क्राइम सिन्डिकेट डि–कम्पनी बनाए जसमा भारत मात्र नभई संसारका थुप्रै देशमा आफ्नो जाल बिछ्याए ।
– सन् १९३३ मा मुम्बई हमलामा संलग्न भएका कारण उनको नाम मोस्ट वान्टेडमा सुचिकृत रह्यो ।
– दाउद आजकाल पाकितानको कराँची र दुबईमा बसेर आफ्नो कारोबार सम्हालिरहेको अनुमान गरिन्छ ।
– थुपै्र प्रकारको अवैध गतिविधिहरुका साथै उनी हतियार ओसारपसार, नशालु पदार्थको तस्करी गर्दै आएका छन् ।

४. यामागुची गुमी, जापान
कुल सम्पत्तिः ४५००० करोड
फाउन्डरः हारुकिची यामागुची
लिडरः केनिची शिनोदा
– जापानको यामागुची गुमी ग्रुप संसारको सबैभन्दा ठूलो ग्याङ्गस्टर ग्रुप मानिन्छ ।
– यो समूह थुप्रै समूहहरुमा विभाजित छन् जसलाई सम्मिलित रुपमा ‘याकूचा’ भनिन्छ, जसको अर्थ माफिया हो ।
– यो समूहले ड्रग ओसारपसारमार्फत धेरै कमाई गरेको छ । यसका साथै ग्याम्बलिङ र फिरौती उनीहरुको कमाई खाने भाँडो हो ।

५. खुन सा, म्यानमार (सन् १९३४–२००७)
कुल सम्पत्तिः ३३५०० करोड
– खुन सा अफिम र हतियारको अवैध ढंगले कारोबार गर्दथे ।
– उनको वास्तविक नाम साई सा थियो र उनको जन्म ब्रिटिश बर्मामा भएको थियो ।
– उनले अमेरिकादेखि अष्ट्रेलियासम्म अफिमको सप्लाई गरेका थिए ।
– उनले आफ्नै आर्मी बनाएका थिए, जसको उनी कमान्डर–इन–चिफ थिए ।
– उनी अमेरिकाको वान्टेड लिस्टमा थिए ।
– सन् २००७ मा उनको यांगूनमा मृत्यु भयो ।

६. जोसे गोन्जाले रोड्रिग्ज गाचा, कोलम्बियाः
कुल सम्पत्तिः ३३६०० करोड
– गाचा पनि कोलम्बियाका चर्चित ड्रग स्मगलर थिए । उनलाई कोलम्बियाको ड्रग लर्डको नामले चिनिन्थ्यो ।
– उनको समयमा संसारका सबैभन्दा धनी ग्याङ्गस्टर मानिने पाब्लो एस्कोबार पनि सक्रिय थिए तर गाचा ड्रग स्मगलिङको मामलामा एक नम्बरमा थिए ।
– उनीसँग एक समय यति पैसा थियो कि फोब्र्सले सन् १९८८ मा उनलाई संसारको सबैभन्दा धनी मानिसहरुको लिस्टमा समावेश गरेको थियो ।
– सन् १९८९ मा गाचा पुलिसले हानेको गोलीले उनको मृत्यु भयो ।

७. कार्लोस लेहडर, कोलम्बिया
कुल सम्पत्तिः १८००० करोड भारतीय रुपैयाँ
– यो लिष्टमा कोलम्बियाको कार्लोस लेहडर पनि संलग्न थिए ।
– कार्लोसले कोकिनको अवैध कारोबारबाट अथाह सम्पत्ति आर्जन गरे ।
– कार्लोसको पोर्टफोलियोमा १८००० करोड भारतीय रुपैयाँ रहेको छ ।

८. ग्रिसेल्डा ब्ल्याङ्को, कोलम्बिया
कुल सम्पत्तिः १३०० करोड भारतीय रुपैयाँ
– संसारको शीर्ष धनी ग्याङ्गस्टरको सूचीमा एक मात्र महिला ग्याङ्गस्टर ग्रिसेल्डा ब्याङ्को पनि समावेश छिन् ।
– कोकिन क्विनको नामले परिचित उनको कुल सम्पत्ति १३०० करोड भारतीय रुपैयाँ थियो ।
– उनले कोकिनको तस्करी साउथ अमेरिका साथै अमेरिका र संसारको थुप्रै देशमा गरिन् ।
– उनको सन् २०१२ मा ६८ वर्षको उमेरमा मृत्यु भएको हो ।

९. जोसेफ केनडीः
–अमेरिकाका चर्चित र पावरफुल ग्याङ्गस्टर जोसेफ केनडी पनि संसारको सबैभन्दा धनी ग्याङ्गस्टरको लिस्टमा समावेश छन् ।
सन् १९५४ मा केनेडीलाई २१०० करोडको सम्पत्तिका साथै फर्चुन म्यागजिनमा ठाउँ दिइयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१