तपाईंलाई केही यस्ता तस्बिरबारे जानकारी दिँदै छौं जसको रहस्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७३, शनिबार १४:१९

तपाईंले अहिलेसम्म थुप्रै प्रकारको फोटोहरु देख्नुभएको होला । कोही हाँस्यास्पद त कुनै अचम्मका र कुनै रहस्यमयी पनि । आज हामी तपाईंलाई केही यस्ता तस्बिरबारे जानकारी दिँदै छौं जसको रहस्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

scary1
१. यो तस्बिर सन् १९६६ मा बेलायतको नेशनल मेरिटाइम म्युजियममा खिचिएको हो । विगत १०० वर्षदेखि यहाँ असाधारण क्रियाकलाप हुने गरेको बताइएको छ ।

scary2२. सन् १९९१ मा इलिनोइसको ब्याचलर ग्रुभमा खिचिएको यो तस्बिर गोष्ट रिसर्च सोसाइटिको हो । फोटो खिच्दा यहाँ कोही पनि महिला नभएको दाबी गरिएको छ ।

scary3३. यो फोटो सन् १९३६ मा बेलायतको रेन्ह्याम हलमा खिचिएको हो । आत्मासँग मेल खाने एक महिलाको मृत्यु फोटो खिच्नु १० वर्ष पहिले भएको बताइएको छ ।

scary4४. वेम टाउन हलमा आगलागी भयो । एक फोटोग्राफरले आगोको फोटो खिचे । एक महिलाको आत्मा आगोसँगै कैद भयो ।

scary5५. कोरोबोरी रक, अष्ट्रेलिया सन् १९५९ । एक अर्धपारदशी महिला हातमा दुरबीन लिएर फोटोको बिचमा देखिएकी छिन् ।

scary6६. यो फोटो सन् १९९७ को अगस्ट १७ तारिखमा खिचिएको हो । फोटोमा एक वृद्ध देखिन्छन् जो फोटो खिच्दा वरिपरि थिएनन् । उनी ती वृद्धाको श्रीमानसँग मिल्दाजुल्दा देखिने बताइएको छ जसको सन् १९८४ मा मृत्यु भएको थियो ।

scary7७. बुथिल सिमेट्रि सन् १९९० । यो फोटो फिल्मको छायांकनको क्रममा खिचिएको थियो । ब्याकग्राउन्डमा एक अचम्मका मानिस देखिन्छन् जसलाई कहिले पनि कसैले देखेका थिएनन् ।

scary8८. इल प्यासो हाइ स्कूल सन् १९८५ । अचम्मकी युवती फोटो खिच्दा त्यहाँ थिइनन् । उनी त्यहाँकी भूतपूर्व विद्यार्थी भएको बताइन्छ जसको मृत्यु पहिले नै भइसकेको थियो ।

scary9९. यो फोटो सर भिक्टोर गोद्दार्ड स्क्वाडरनको हो । यो फोटोमा एक अफिसरको पछाडि एक अन्य व्यक्ति देखिएका छन्, जसको पहिचान स्क्वाडरनको एयर मेकानिक फ्रेडी ज्याक्सनको रुपमा भएको छ । तर यो मेकानिकको यो फोटो खिच्नु दुई दिन पहिले  एक दुर्घटनामा मृत्यु भएको थियो । उनको अन्तिम संस्कार फोटो खिचेको दिनमा नै भएको बताइएको छ ।ratopati.com बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१