संसार ध्वस्त हुँदै गर्दा यस्तो देखिनेछ यसको स्वरुप (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७३, शनिबार १३:५७

worldसंसार ध्वस्त हुने थुप्रै भविष्यवाणी गरिँदै आएको छ । कोही भन्छन्, संसार अहिलेसम्म पूरै ध्वस्त भइसक्नुपर्दथ्यो भने कोहीका अनुसार संसार चाँडै नै ध्वस्त हुनेछ । यस्तैमा स्टिव म्यागी नामका एक चित्रकारले आफ्ना केही पेन्टिङमार्फत संसार ध्वस्त हुँदा कस्तो देखिन्छ भन्ने देखाएका छन् । यो तस्बिर अष्ट्रेलियाको सिड्नीको हो जुन ध्वस्त हुने बेला यस्तो देखिने अनुमान गरिएको छ ।

world1यो तस्बिर स्ट्याचु अफ लिबर्टीको हुनेछ । जब त्यो पानीमा डुबिसकेको हुनेछ ।

world2आफूले यी तस्बिरहरु थुप्रै फिल्महरु हेरिसकेपछि बनाएको स्टिभले बताएका छन् ।

world3ब्राजिलमा जब समुन्द्री तुफान आउनेछ तब तुहानको दृश्य यस्तै केही हुनेछ ।

world4स्टिभ म्याक्गीका अनुसार सुनामीबाट यसरी नै बर्बाद हुनेछ दुनियाँ ।

world5स्टिभ म्याक्गीको नजरबाट हेर्नुहोस्, जब न्यूयोर्क पानीको छालसँगै यसरी बग्नेछ ।

world6र संसार ध्वस्त हुने बेला सबै हवाईजहाज यसरी धर्तीमा ठोकिनेछन् ।

world7आतंककारी पनि त्यही समयमा बर्बादी मच्चाउन तल्लिन हुनेछन्, जो आफू पनि बच्न असफल हुनेछन् । आतंकबाट पनि यसरी ध्वस्त हुनेछ संसार ।

world8अन्तिम समयमा यस्तो देखिनेछ लण्डन ।ratopati

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१