पत्नी राष्ट्रपति र सहयोद्धा प्रधानमन्त्री भएको बेला पत्ता लाग्लान त मदन भण्डारीका हत्यारा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ जेष्ठ २०७३, मंगलवार ०७:१६

madanbhandari2सागर न्यौपाने। २०५० साल जेठ ३ गते दिउँसो ५ बजे । नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा अपूरणीय क्षति भयो । यो क्षति सामान्य थिएन । राष्ट्रवादी धारका भण्डारीको हत्या त्यो समय भएको थियो जतिखेर विश्वमा नै साम्यवादको अवसान भएको प्रचार गरिँदै थियो । छिमेकी भारतमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलन झन रक्षात्मक हुँदै थियो । नेपालमा बहुदलीय प्रजातन्त्रको अभ्यासमा निरंकुशतावादी अभ्यास नेपाली कांग्रेसबाट शुरु भएको थियो । पश्चिम नेपालमा मसाल र माओवादीमाथि दमन तीब्र थियो । वामपन्थी शक्तिहरुमा एमालेको प्रभाव र लोकप्रियता बढ्दै थियो र सोही अनुरुप भण्डारीको चमत्कारिक व्यक्तित्वले अन्य सबै राजनीतिक शक्ति र व्यक्तित्वहरुलाई पछि पार्दै थियो ।

आयोगको चाङ र एमालेको उदासीनता

मदन भण्डारी, जनताको बहुदलीय जनवादका प्रवर्तक, नेकपा एमालेको राजनीतिक कार्यदिशा । आज भण्डारीको हत्या भएको २३ वर्ष पुगेको छ । भण्डारीको हत्यामा चालक अमर लामाको संलग्नता रहेको तथ्य सार्वजनिक भयो । अमर लामा जेल परे । पछि अमर लामा जेलबाट छुटेपछि राजनीतिमा लागे । घटनाका एकमात्र जीवित साक्षीले यसबारेमा रहस्य खोलेनन् । पछि लामाको पनि हत्या भयो । उनको हत्या माओवादी लडाकुहरुले गरेको कुरा बाहिर सार्वजनिक भयो । तर के किन लामाको हत्या भयो भन्ने कुरा खुलेन । न त एमालेले नै माओवादीसँग यसबारेमा कुरा ग¥यो, न कसैले यसमा चासो नै दियो ।

भण्डारीको हत्याको छानवीन गर्ने क्रममा गठित आयोगका अध्यक्ष नै देशको प्रधानमन्त्री बनेका छन् ।, अर्को संयोग, भण्डारी पत्नी विद्या भण्डारी देशको सर्वोच्च पदमा आसिन भएकी छिन् । ओलीले कुनै बेला भनेका थिए– म सरकारमा गएभने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु । आज ओली मात्रै नभएर विद्या समेत शक्तिको सर्वोच्चमा छिन् । प्रश्न उठ्नु स्वभाविक छ– के मदन भण्डारीका हत्यारा पत्ता लाग्लान ?

तुलाधर आयोगको प्रतिवेदनले षड्यन्त्र भनेपनि कोबाट भनेर किटान गर्न सकेको छैन् । ओलीको प्रतिवेदन अस्तित्व मै छैन, अलिकति स्पष्ट भनेको राणा आयोगको प्रतिबेदन हो । जसलाई एमालेले पनि मौन समर्थन गरेको छ । जसमा षड्यन्त्र नभई सामान्य दुर्घटना हो भन्ने निचोड निकालिएको छ । एमालेका नेताहरुलाई अहिले यो सडक दुर्घटना नै हो भन्ने लागेको छ ।

इतिहास दोहोरिएको छ । भण्डारीको हत्याको छानवीन गर्ने क्रममा गठित आयोगका अध्यक्ष नै देशको प्रधानमन्त्री बनेका छन् ।, अर्को संयोग, भण्डारी पत्नी विद्या भण्डारी देशको सर्वोच्च पदमा आसिन भएकी छिन् । ओलीले कुनै बेला भनेका थिए– म सरकारमा गएभने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु । आज ओली मात्रै नभएर विद्या समेत शक्तिको सर्वोच्चमा छिन् । प्रश्न उठ्नु स्वभाविक छ– के मदन भण्डारीका हत्यारा पत्ता लाग्लान ?

bhandariमदन भण्डारी तथा जीवराज आश्रित चढेको जीप दुर्घटना भएपछि नेताद्वयको हत्या भएको भन्दै एमालेले आन्दोलन चर्कायो । आन्दोलन चर्किंदै गएपछि सरकारले पूर्व न्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानवीन आयोग गठन ग¥यो । अनिल आयोगको प्रतिवेदनमा एमालेले चित्त वुझाएन र आन्दोलन झन चर्कियो । त्यसपछि तत्कालीन वहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा आयोग बनाइयो । तर यो आयोगले पनि मदन आश्रितको जीप दुर्घटना वा हत्याकाण्ड खुलाउन सकेन । यसैबीच एमालेले दासढुंगा काण्डको छानवीन गर्न तत्कालिन स्थायी समिति सदस्य केपी ओली आयोग गठन गरियो । यता जनस्तरबाट पद्म रत्न तुलाधर आयोग गठन भयो । पद्मरत्न तुलाधर आयोगले घटनालाई षडयन्त्रमूलक हत्या भएको ठहर ग¥यो ।

२०५१ सालमा एमालेकाे अल्पमतकाे एकमना सरकार गठन भयो । दासढुंगा हत्याकाण्डको छानवीनको चर्को माग फेरी उठ्यो । त्यतिबेलाका नेकपा एमालेका अध्यक्ष रहेका स्व। मनमोहन अधिकारी प्रधानमन्त्री निर्वाचित भए, यता मदनकी श्रीमती विद्यादेवी भण्डारी काठमाडौ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराइलाई पराजित गरेर चुनाव जितिन् । विद्या भण्डारीले सेतो सारी लगाएरै मतदातामाझ भण्डारी हत्याको सहानुभूति जित्दै चुनाव जितिन ।

“राजनीतिक रुपमा पुँजीवादी बहुदलीयतालाई स्वीकार गरेपछि उनलाई पनि अन्य नेताहरूझैं चौकीदारका रुपमा प्रयोग गर्न सकिन्छ भन्ने विदेशी आशा उनमा रहेको देशभक्तिपूर्ण भावनाले पूरा हुन सकेन। दिल्लीले भारत भ्रमण गर्न दिएको सल्लाहलाई इन्कार गरेको घटना र दासढुंगाका बीचमा सम्बन्ध रहेको छ भन्ने तर्क गर्ने मानिसहरूको सोचाईलाई अकारण भन्न सकिने अवस्था छैन।”

नौ महिना सरकार चलाएको एमालेले मदन आश्रितको रहस्यमय घटनाको बारेमा खासै कुनै प्रयत्न गरेन । नौ महिनामात्रै सरकारमा बिताउनु परेको र अल्पमतको सरकार भएकोले सो सम्बन्धी केही प्रगति हुन नसकेको भन्दै एमालेले स्पष्टिकरण दियो । पार्टीले गठन गरेको आयोगका संयोजक ओलीले एमालेको बहुमतको सरकार भए हत्यारा पत्ता लाग्ने दावी गरे ।
एमालेले उक्त घटनालाई हत्या भएको ठहर गर्दै कांग्रेसी सरकारका विरुद्धमा सुरु गरेको आन्दोलनमा दर्जनांै मानिसहरू मारिए। तर जब मदन–आश्रितको नाम बेचेर त्यसले २०५१ सालको चुनावपछि सरकार बनायो, तब कांग्रेसी सरकारका विरुद्धमा अघि सारिएको प्रमुख मागका रुपमा रहेको दासढुंगा छानविनको बुँदा आफ्नो मागपत्रबाट एकाएक गायव पारिदियो। न त त्यसले आफैँले हत्या घोषित गरेको घटनाको छानविनलाई अघि बढायो न जेलमा रहेको अमर लामासँग एक पटक पनि बयान लिने प्रयास गर्‍यो।

घटना विवरण

नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर भरतपुरतिर लागिरहेका थिए महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज ‘आश्रित’।

सिमसिम पानी परिरहेको थियो। बा अ च ८७२३ नम्बरको जिप पृथ्वी राजमार्गमा हुँइकिरहेको थियो।  चितवनको दासढुंगा पुगेर जीप त्रिशुली नदीमा खस्यो। जीवराज आश्रितको लास गाडिमै भेटियो तर भण्डारीको लास तीनदिन पछि ४० किमी तल गुञ्जनगरमा भण्डारीको लास भेटियो । चालक अमर लामा जिउँदै भए।

घटना हुँदा माधव नेपाल कुपन्डोलको डेरामा थिए। लेखनाथ कोइरालाले फोनमा ‘मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा पर्‍यो, जीवित हुने सम्भावना छैन’ भन्ने समाचार सुनाए। सुन्ने बित्तिकै केन्द्रीय कार्यालय बागबजारतिर लागे नेपाल ।  त्यतिबेला बल्खु कार्यालय बनिसकेको थिएन। केन्द्रीय कार्यालय बागबजारबाट वामदेव गौतमसहित पार्टीका नेताहरुसँग रातको ११ दासढुंगातिर लागे गाडी लिएर।

२३ वर्ष भएको यो घटनाको रहस्य अझै खुलेको छैन् । घटनामा वचेका एक मात्र साक्षी अमर लामाको पनि रहस्यमय तरिकाले २०६० सालमा हत्या भएपछि यो रहस्य सँधैका लागि रहस्यमा नै रह्यो ।

सत्तामा पुगेपछि सधैं हरायो दासढुंगा
२०५१ सालमा पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भए । एमाले एक्लैले बनाएको त्यसबेलाको् सकारलाई एमालेकोको एकमना सरकार पनि भनिन्थ्यो । तर वर्षदिन अघिको मदन आश्रित रहस्यमय घटनाको छानबीन गर्न र वास्तविकता पत्ता लागेन ।

त्यसपछि पनि एमाले पटक पटक सरकारमा सामेल भयो । २०५१, २०५४, २०५७,२०६३,२०६६, २०६८, २०७० र २०७२ सालमा एमाले सरकारमा सहभागी भयो । तर २३ वर्ष वितिसक्दा पनि जनताका प्रिय नेताको रहस्यमयी घटनाको बास्तविकता बाहिर ल्याउन सकेको छैन् ।

२२ महिना सरकारमा बिताएपछि माधव नेपालले एउटा अन्तर्वातामा भने– “म प्रधानमन्त्री भएको बेला कसैले यो कुरा उठाएन, मैले पनि बिर्सेँ, त्यो हत्याकाण्ड हो भन्ने मा दुईमत छैन, तर बिर्सियौं ।”

“जेलबाट निस्केपछि अमर लामामाथि जुन अनुसन्धान गर्नुपर्ने थियो त्यसतिर ध्यान दिइएन । एमालेले दुर्घटनाको आबेगलाई उपयोग गर्‍यो तर निष्कर्ष दिनेतिर पहल गरेन् । सवैजना यसलाई थामथुप पारौं भन्नेतिरै लागे, चाहे सत्तापक्ष होस वा प्रतिपक्ष । एमालेले कहिले पनि चाहेन दासढुंगा सत्य कुरा बाहिर निस्कियोस भनेर र अब पनि चाँहदैन् ।”

दुखको कुरा त के छ भने ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भनेर नारा लगाउने एमालेका कार्यकर्ता र दुई पटक चुनाव जितेकी, रक्षा मन्त्री भएकी मदनपत्‍नी विद्या भण्डारीले पनि पतिको ‘हत्यारा’ खोज्न दबाब दिएको देखिएन ।

मदन आश्रितको रहस्यमयी घटनाको बारेमा उतिबेला एमालेका धेरै नेताहरुले आफ्नो पार्टी सरकारमा सामेल गएपछि सत्य तथ्य पत्ता लगाउने बताएका थिए तर दुखको कुरा आजसम्म एमालेको नेतृत्वमा बनेका चारवटा प्रधानमन्त्री सहितको सरकारले कुनै पहल नै गरेन । वद्यिादेवी भण्डारीले पनि रक्षा मन्त्रालयको जिम्मेवारी लिइन, सेनाको संरचना मिलाउन सक्ने मन्त्रालय पाएकी भण्डारीले मन्त्रालयको जिम्मेवारी लिएको बेलामा एक पटक पनि आफ्ना पतिको रहस्यमयी घटनाको सत्य तथ्य बाहिर ल्याउन कुनै पहल गनिन् ।

bidyapicएमालेले शुरुका दिनमा भारतको हात रहेको बतायो । तर सत्तामा पुगेपछि त्यही भारतको सहयोगमा मदन भण्डारी फाउण्डेसनमार्फत सहयोग लियो, हत्यारा पत्ता लगाउन भने कसरत गरेन । मनोज पण्डित भन्छन्, “जेलबाट निस्केपछि अमर लामामाथि जुन अनुसन्धान गर्नुपर्ने थियो त्यसतिर ध्यान दिइएन । एमालेले दुर्घटनाको आबेगलाई उपयोग गर्‍यो तर निष्कर्ष दिनेतिर पहल गरेन् । सवैजना यसलाई थामथुप पारौं भन्नेतिरै लागे, चाहे सत्तापक्ष होस वा प्रतिपक्ष । एमालेले कहिले पनि चाहेन दासढुंगा सत्य कुरा बाहिर निस्कियोस भनेर र अब पनि चाँहदैन् ।”

माधव नेपालले एउटा अन्तर्वातामा पार्टीबाट लापरवाही भएको स्वीकार्दै भने– अमर लामा नै एकमात्र व्यक्ति थियो जसबाट धेरै कुरा खुल्न सक्थे, तर उसको पनि हत्या भयो, यसबारेमा हामीले माओवादीसँग पनि कुरा गरेनौं, हाम्रो तर्फबाट लापरवाही भयो । जे जस्ता तर्क एमाले नेताहरुले दिएपनि जनतामाझ लोकप्रिय भण्डारीको हत्या रहस्यकै गर्भमा रह्यो । यतिसम्म कि तत्कालिन गृहमन्त्री ओलीको नेतृत्वमा बनेको छानवीन आयोगको प्रतिवेदनसम्म एमाले नेताहरुले पाएनन् ।

विदेशी एजेन्ट बन्न अस्वीकार गर्नु नै हत्याको कारण ?
नेपाली राजनीतिमा शक्तिकेन्द्रहरुको आडभरोसाले सत्तामा पुग्ने कुरा नौलो होइन, त्यसैले भण्डारीको हत्यालाई राष्ट्रघातसँग उनको सम्झौतारहित दृष्टिकोणसँग समेत जोडिन्छ । एमाओवादी अध्यक्ष प्रचण्डले संविधान जारी भएको दिन भण्डारीलाई सम्झिंदै नेपाली जनताले नै आफ्नो फैसल ागर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका थिए । राजनीतिक विश्लेषक भरत दाहाल भन्छन– “मदन भण्डारीको हत्याको एक मात्र कारण उनी विदेशी एजेन्ट बन्न नसक्नु हो भन्ने तथ्यमा कुनै शंका छैन।” त्यसबेलाको जल्दोबल्दो वामशक्ति भएको र पहिलो संसदीय निर्वाचनमा कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई हराएर दुई ठाउँबाट चुनाव जितेका कारणले नेपालको आगामी सत्ता र राजनीतिमा उनी प्रभावी भएर जाने संकेत आइसकेको उनको दावी छ । “राजनीतिक रुपमा पुँजीवादी बहुदलीयतालाई स्वीकार गरेपछि उनलाई पनि अन्य नेताहरूझैं चौकीदारका रुपमा प्रयोग गर्न सकिन्छ भन्ने विदेशी आशा उनमा रहेको देशभक्तिपूर्ण भावनाले पूरा हुन सकेन। दिल्लीले भारत भ्रमण गर्न दिएको सल्लाहलाई इन्कार गरेको घटना र दासढुंगाका बीचमा सम्बन्ध रहेको छ भन्ने तर्क गर्ने मानिसहरूको सोचाईलाई अकारण भन्न सकिने अवस्था छैन।”

मदन भण्डारीको हत्याकाण्डमाथि चलचित्र बनाएका निर्देशक मनोज पण्डितको दावी पनि यस्तै छ । मदन भण्डारीको हत्या भएको समय नेपालका प्रमुख तीन वटै शक्ति भारतबिरोधी रहेको उनी बताउँछन् । हत्याकाण्डको सम्बन्ध राष्ट्रियतासँग जोडिएको भन्दै पण्डित भन्छन्– “दरबारबाट राजा वीरेन्द्र, कांग्रेसका गणेशमान र एमालेका मदन भण्डारी तिनैजना भारतसँग भन्दा पनि रुष्ट थिए । दरबार र एमाले त चीनसँग सम्बन्ध बढाउन चाहान्थे । मदन भण्डारी हत्या हुनुअघि चीन पुगेर आएका थिए । मदन भण्डारीको हत्यापछि यसरी राष्ट्रबादी शक्ति चकनाचुर भयो र फेरि एकैठाउँ जुटने कुनै अबसर आएन्

bidhya2पत्नी र सहयोद्धा सरकारको नेतृत्वमा भएको यो अवसर दासढुंगा हत्याकाण्डको अनुसन्धानको इतिहासमा कहिल्यै पनि दोहोरिने छैन । पत्नी विद्या भण्डारी राष्ट्रपति र राजनीतिक सहयोद्धा केपी शर्मा ओली प्रधानमन्त्री हुने संयोगका बीच दासढुंगाको फाइल बाहिर आउला त ? के यसमा फेरी छानवीन होला त ? भारत, सिआईए, र, लगायत कैयन् शक्तितर्फ औंला ठड्याउँदै आएको बेला यो हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याउन ओली र भण्डारीलाई जनस्तरबाट दबाब दिनु अति जरुरी छ ।

पण्डितको तर्कमा सहमत हुने या नहुने ठाउँ होला, तर भण्डारीको हत्या रहस्यमी हो र यसमा ठूलो षडयन्त्र थियो भन्ने कुरामा दुइमत हुन सक्दैन । हत्या गरेको बताउने चालक अमर लामाको समेत हत्या हुनु, एमालेले सत्तामा पुग्दा पनि यसमा कुनै चासो नलिनुले यसको थप पुष्टि गर्छ । लेखक देवराज पोख्रेल भन्छन्– सवै नेताहरु दासढुंगा हत्याकाण्डको छानविन गरी दोषीलाई कारबाही गर्ने भाषण गर्छन । जवजको आलोकमा मुलकको रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्छन । अगाडि उभिएमा कार्यकर्ताहरु थपडि बजाउँछन् र अभिबादन सहित विदा हुन्छ अर्को ३ सय ६५ दिन पछिको जेठ ३ गते को प्रतिक्षामा उनीहरुलाई न कसैले छानविन कहिले हुन्छ भनेर प्रश्न गर्छ न त केही जवाफ नै आउँछ ।

पत्नी र सहयोद्धा सरकारको नेतृत्वमा भएको यो अवसर दासढुंगा हत्याकाण्डको अनुसन्धानको इतिहासमा कहिल्यै पनि दोहोरिने छैन । पत्नी विद्या भण्डारी राष्ट्रपति र राजनीतिक सहयोद्धा केपी शर्मा ओली प्रधानमन्त्री हुने संयोगका बीच दासढुंगाको फाइल बाहिर आउला त ? के यसमा फेरी छानवीन होला त ? भारत, सिआईए, र, लगायत कैयन् शक्तितर्फ औंला ठड्याउँदै आएको बेला यो हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याउन ओली र भण्डारीलाई जनस्तरबाट दबाब दिनु अति जरुरी छ ।

विद्या भण्डारीले गत वर्ष चितवनमा आयोजित एक कार्यक्रममा भनेकी थिइन– शान्ति र संविधान बनेपछि दासढुङ्गा घटनाले स्थान पाउँछ । अहिलेसम्म आफूहरू सरकारमा रहँदा माओवादीसँग लड्दैमा समय बितेको र त्यसमा ध्यान दिन सकिएन । जननेता मदन भण्डारी र जीवराज आश्रित जीप दुर्घटनाको अनुसन्धानका लागि राज्य संयन्त्र संवेदनशील हुनुपर्छ । हेरौं, अहिले त्यही माओवादीको समर्थनमा सरकारको नेतृत्व गर्ने ओली र राष्ट्रपतिमा आसिन विद्याले आफ्ना अभिव्यक्तिको कत्तिको सम्मान गर्छन् ।

Photo: tasbeer ma madan bhandari

everestdainik बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१