तराईमा दुई प्रदेश हुनुपर्छ भन्दै बाबुराम भट्टराईले भाषण ठोके

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार १६:५७

चैत १३, पर्सा । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई विकास र आर्थिक समृद्धिको बाटामा लैजान नसके प्रतिगमनको खतरा रहेको बताएका छन् ।bhattarai

वीरगन्जमा शनिबार नयाँ शक्तिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने-, “मुलुकमा बेरोजगारी, गरिबी र असमानता रहे लोकतन्त्र, गणतन्त्र कमजोर हुँदै निरङ्कुशता फर्किने खतरा छ ।”

संयोजक डा भट्टराईले अबको कार्यभार विकास तथा समृद्धि भएकाले त्यसलाई पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए । सञ्चारकर्मीको जिज्ञासामा उनले विगतमा भएका सहमति र विभिन्न आयोगले दिएको प्रतिवेदनका आधारमा तराईमा दुई प्रदेश हुनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१