‘नेपाल–चीन सम्झौताले भारतलाई चुनौती’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार ०८:५८

kp-oli-china-visit-1-750काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति र नेपाल–चीन सम्बन्धलाई भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सम्बन्धको पारस्परिक हैसियतमा चुनौतीका रुपमा हेरेका छन् ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– चीनसँगको निकटना र त्यसले नेपालको उत्तरसँगको आर्थिक तथा अन्य निकटता पनि भारतसँगको सम्बन्धकै मूल्यमा हुने उनीहरुको टिप्पणी छ ।

नेपालका प्रधानमन्त्रीले बेइजिङमा गरेको सम्झौता भारतका लागि खतरा हुन् । भारतको प्रभाव क्षेत्रमा चीनको प्रभाव बढ्नु भारतका लागि हितकर छैन’, भारतीय टेलिभिजन च्यानल जी न्यूजले प्रशारण गरेको भिडियोमा भनिएको छ ।

‘चीनसँग ओलीले गरेका पारवहन सम्झौताले भारतसँगको नेपालको परनिर्भरता उल्लेख्य मात्रामा घटाउनेछ । अब नेपालले चीनको तियान्जिन समुद्री बन्दरगाह हुँदै तेस्रो मुलुकसम्म व्यापार गर्न सक्नेछ ।

यद्यपि, हालसम्म नेपालको तेस्रो देशसँग ९८ प्रतिशत व्यापार भारतमार्फत हुने गरेको छ,’ भारतीय पत्रकार सुधार रामाचन्द्रन एसिया टाइम्स अनलाइनमा प्रकाशित आफ्नो लेखमा भन्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१