दुई सय बुद्धिजिबी प्रवेश सहित नेपाल परिवार दलको २ नम्बर प्रदेश भेला सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार ०७:४५
bhela ek बर्दिबास । नेपाल परिवार दलको बर्दिबास, महोत्तरीमा सम्पन्न प्रदेश नम्बर २ को प्रादेशिक अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बर्दिबास घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकालले भेलालाइ उद्घाटन गर्दै स्थापनको आठ वर्षमा दलले अंगिकार गरेको नीति, नेतृत्व, राष्ट्र र जनताको पक्षमा लिएको अडानलेनै नेपाली राजनीतिमा वैकल्पिक प्रजातान्त्रिक शक्तिको रूपमा उदाएको बताए । उनले देशमा अझै पनि विभिन्न बहानामा राष्ट्रिय एकता भाड्ने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्दै देशमा भावनात्मक एकता कायम गर्न परिवार दलले अभियान नै सञ्चालन गरेको बताए । नेपालको संविधान निर्माण अद्दितिय उपलब्धि भयको बताउँदै ढकालले भने, ‘सबै मिली संविधानको कार्यान्वयनमा लाग्नुपर्ने बेला हो यो ।’
नयाँ संविधानले व्यवस्था गरे बमोजिमको सात वटै प्रदेशमा नेपाल परिवार दलको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिँदै मन्त्रि ढकालले प्रदेश नं २ को बारेमा पार्टीको योजना र दृस्टीकोण प्रस्तुत गरे । उनले संविधानले लोककल्याणकारी राज्यको आधारशिला खडा गरेकोले संविधान निर्माणसँगै आफ्नो पार्टीले बोकेका धेरै एजेन्डाहरू सफल भएको समेत बताय। ढकालले महात्मा गान्धी र डा. मुनको शान्तिबादलाई अंगिकार गरेकोले आफ्नो पार्टी नेपालकै उत्कृष्ट भएको दावी गदै मुलुकलाई बिकास र निकास दिने दल यहि भएको बताय । शान्ति तथा पुनर्निर्माण मन्त्रि समेत रहेका ढकालले आगामी १० वर्षलाइ आर्थिक क्रान्तिको दसक घोषणा गरि कर्योनोयन गर्नु पर्ने बताय ।
महामन्त्री विनोद डाँगीले परिवार दल समानताको सिद्धान्त बोकेको पार्टी रहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा संविधानको प्रचार–प्रसार गर्न, सेवामुलक कार्यबाट जनताको विश्वाश जित्न तथा विकृति–विसंगति र भ्रष्टाचारको डटेर विरोध गर्न आग्रह गरे ।
प्रवक्ता सन्तोषकुमार पौडेलले परिवार दलका कार्यकर्ता सामाजिक कार्यकर्ता बन्न सक्नुपर्ने बताउँदै अहिलेको संविधान निमार्णमा परिवार दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे । परिवार दल शान्ति, सुशासन, समृद्धि, समानता र राष्ट्रिय स्वाधीनताको पक्षधर पार्टी भएको स्मरण गराउँदै प्रवक्ता पौडेलले सबै तह र तप्कामा समावेशी लोकतन्त्रको अभ्यास गर्न आग्रह गरे ।
नेपाल परिवार दलकी केन्दीय सदस्य एवम सांसद मिलन कुमारी राजबंशीले देशमा चारित्रिक आन्दोलनको पक्षमा होस् वा भुकम्प प्रभावित जनतालाई राहत उपलब्ध गराउने कुरामा, नेपाल परिवार दलले अग्रपंक्तिमा रहेर भूमिका खेलेको बताईंन। दलका केन्द्रीय सदस्य अब्दुल कयम शाहले परिवार दल जनताको दल रहेको बताए ।
सन्तोष कुमार पौडेलको संयोजकत्वमा बनेको प्रदेश नं २ को प्रादेशिक अन्तरिम कार्यसमितिको प्रदेश सह–संयोजकमा दलका केन्द्रीय सदस्य द्धय अब्दुल केयुम शाह र सन्तोष दास, सचिवमा केन्द्रीय सदस्य मनोज कुमार कर्ण, सह-सचिवमा शेर बहादुर योन्जन, सदस्यहरुमा रामचन्द्र चौधरी, सोबित मण्डल, नथुनी प्रसाद चौधरी, रित बहादुर श्रेष्ठ,रामबिश्वास यादव, संजय कुमार यादव, मोहम्मद मोहदीन, पल्टन प्रशाद कुर्मी, लिला ठाकुर, जानुका थापा, गनु प्रसाद दास रहेका छन् । यसैगरी भेलाले प्रदेश नं २ को प्रादेशिक अन्तरिम महिला परिवारको संयोजकमा रिता महत्तो, पीस फोर्सको प्रादेशिक संयोजकमा दिपक बास्तोला, र प्रादेशिक सल्लाहकार परिषदको संयोजकमा जीतेन्द्र चौधरीलाई चयन गरेको छ ।
२०० बुद्धिजिबी तथा युवा परिवार दलमा प्रवेश
bhela
साथै दलका अध्यक्ष ढकालले बुद्दिजिबि, युवा तथा बिभिन्न राजनीतिक दल परित्याग गरि नेपाल परिवार दलमा प्रबेश गर्ने आठ जिल्लाका २०० भन्दा बढीलाई रातो टिका तथा सदस्यता प्रदान गरि पार्टी प्रवेश गराउनु भयो ।
भेलाले निम्नानुसारको बर्दिबास घोषणा पत्र जारी गरेको छ :
१. संबिधान सभाबाट संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारी हुनु एक अद्दितिय उपलब्धि हो । नयाँ संविधानले नेपाली जनताको सात दसक लामो आकांक्षा पुरा गर्दै विभिन्न आन्दोलन र एतिहाँसिक परिबर्तनका उपलब्धिहरु लाइ सस्थागत गरेको छ । नेपालको संबिधानमा भयको पहिलो संशोधनले तराई मधेसका जनताले लामो समयदेखि गरेको आन्दोलन र यहि क्रममा जिबन समर्पण गर्ने दर्जनौ सहिदहरुको भावनाको कदर गरेको छ । निस्कर्षमा संविधानले लोककल्याणकारी राज्यको आधारशिला निर्माण गरेको हाम्रो ठहर छ । संबिधान एक गतिशील दस्ताबेज भयकोले समयानुकिल जन आकांक्षा अनुसार परिमार्जित हुदै जाने बिश्वाश ब्यक्त गर्दछौ ।
२. संबिधान जारी संगै अधिकाम्स राजनैतिक मुद्धाहरु सम्बोधन भइसकेकोले अबका दिनहरु विकास निर्माण, रोजगारीको सुजना र नागरिकको आर्थिक स्तर माथि उकास्न केन्द्रित हुनु पर्दछ भन्ने हाम्रो मान्यता छ । त्यसैले संबिधान निर्माणपछिको पहिलो दशक (२०७२-२०८२ ) लाई “आर्थिक क्रान्तिको दशक” घोषणा गरि चरितार्थको लागि आबस्यक कार्ययोजनाहरु अघि सार्न हामी नेपाल सरकार, राजनैतिक दलहरु र सरोकारवाला सबैमा आग्रह गर्दछौ ।
३. लामो आन्दोलन र सिमा अबरोधका कारण कष्टकर जिबन यापन गर्न बाध्य नेपालको तराई मधेशका बासिन्दाको हितलाइ ध्यानमा राखी तत्काल “बिशेष आर्थिक सामाजिक रुपान्तरणको प्याकेज” ल्याउन सरकारको ध्यनाकर्षण गराउदै दिर्घकालको लागि प्रदेश नम्बर २ को समुन्नत विकास गर्न “प्रदेश विकास बृहतर गुरुयोजना” तयार गर्न सरकार संग आग्रह गर्दछौ ।
४. प्रदेश नम्बर २ का सम्पूर्ण जिल्ला, नगरपालिका, गाउपालिका तथा गा.बि. स. मा ” सम्पूर्ण समस्याको हल : घर घरमा परिवार दल” अभियान संचालन गरि नेपाल परिवार दलको संगठन विस्तारलाइ ब्यापकिकरण गर्ने ।
५. विभिन्न संघ सस्थाहरुसंग सहकार्य गरि पारिबारिक उत्थान, नैतिक – सामाजिक जागरण, नेतृत्व विकास, मेलमिलापको तथा शान्ति स्थापनाको खातिर “जनताको जनादेश : सम्बृद्ध प्रदेश” अभियान संचालन गर्ने ।
६. राजनैतिक सहमति गरि स्थानीय निकायको निर्बाचन घोषणा गर्न सरकार संग माग गर्ने । सथानीय निकायको निर्बाचनमा नेपाल परिवार दलले सबै स्थानमा उम्मेदवारी दिन तयारी गर्ने ।
७. तुरुन्त सात वटै प्रदेशमा नयाँ संबिधानमा ब्यबस्था भय बमोजिम “प्रदेश प्रमुख” पठाई संघियताको कर्योनोयन थालनी गर्न सरकार संग आग्रह गर्ने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१