सरकारको विकल्प खोज्ने समय आयोः पौडेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार ०७:२०

paudelभक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले यो सरकारको विकल्प खोज्ने समय आइसकेको बताएका छन् । वर्तमान सरकार असफल भएकाले सरकार परिवर्तन गर्ने बेला भएको उनको भनाइ छ ।

रफत सञ्चार क्लबमा बोल्दै उनले कांग्रेस सबै भन्दा ठूलो दल भएकाले पनि सरकारको नेतृत्वका लागि तयार हुनपर्ने बताए ।
उनले कांगे्रस संसदीय दलको नेता निवार्चनबाटै चयन हुने अवस्था आएको स्पष्ट पारे ।

पौडेलले महाधिवेशनका कारण कांग्रेसले जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका निर्वाहामा चुकेको बताउँदै अव सरकारका गलत कामलाई हेरेर नबस्ने बताए ।
राजनीतिक दलहरुले नेपालीको हितमा काम गर्न नसक्दा छिमेकीले समेत आफ्नो अनुकुल प्रयोग गराइरहेकाले देशले नाकाबन्दी भोग्नु परेको भन्दै विदेश नीतिअनुसार नेपालका राजनीतिक दलहरुले परिचालन भए कसैले नेपालको अहित सोच्न नसक्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१