व्यापार मेला उद्घाटन गर्न शुक्रबार वीरगन्ज पुगेका प्रचण्डको बिरोधमा नाराबाजी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७२, शुक्रबार २०:४४
birganjवीरगन्ज।  व्यापार मेला उद्घाटन गर्न शुक्रबार वीरगन्ज पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी कार्यक्रमको बिरोधले वीरगन्ज दिनभर तनाव रह्यो। बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सम्बद्द कार्यकर्ताले चोक–चोकमा टायर बालेर नाराबाजी गरे।
त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। यता, मुड्ली चोकमा पूर्वराज्यमन्त्री करिमा बेगमको नेतृत्वमा प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताहरूले कालोझन्डा देखाउँदै सरकार र माओवादीको बिरोधमा नाराबाजी गरेका थिए।
बिरोध उग्र बन्न थालेपछि राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहलगाय एक दर्जन भन्दाबढी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको थियो । अध्यक्ष दाहालले यहाँ पत्रकार सम्मेलन गर्दै संविधान कार्यान्वयनमा देखिएको गतिरोध चाँडै सामाधान हुने दाबी गरे।
प्रधानमनत्री केपी ओली चीन भ्रमणबाट फर्किएलगत्तै मधेसका माग सम्बोधन गर्न राजनीतिक सहमति बन्ने दाबी दाहालले गरे। मोर्चाले पेश गरेको ११ बुँदे मागमा धेरैजसो पूरा गर्न सकिने खालको रहेको दाहालले बताए।
‘मोर्चाका कार्यकर्ताहरूले अनर्थमा मेरो यहाँ बिरोध गरेका छन्,’ दाहालले भने। मोर्चाको बिरोधका कारण यहाँस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएको दाहालको सम्बोधन कार्यक्रम रद्द गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१