कनकमणिले सोमत भुलेपछि …

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७२, शुक्रबार १०:३३

काठमाडौं । नेपालमा एक जना आफूलाई जान्ने–सुन्ने बताउने र बुर्जुवा वर्गले वरिष्ठको पगरी गुथाइदिएका पत्रकार छन् । सत्यलाई बङ्ग्याउने र गलत तथ्य स्थापित गर्ने उनको सबैभन्दा ठूलो धन्दा रहेको छ । रुपमा हिमाल खबर पत्रिका प्रकाशन गर्ने ती वरिष्ठ हुन् – कनकमणि दीक्षित । प्रसङ्ग हो – बेलायती राजकुमार ह्यारीको सम्मानमा आयोजना गरिएको रात्रिभोजको । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सयवर्ष पुगेको अवसरमा नेपाल सरकारले होटल याक एण्ड यतिमा स्वागत समारोहको आयोजना गरेको थियो । सो समारोहमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले स्वागत मन्तव्य राखे । उनको मन्तव्यलगत्तै राजकुमार ह्यारीले नेपाल र बेलायत सम्बन्धका बारेमा प्रकाश पारे । सोलगत्तै कमल थापाले आमन्त्रित पाहुनासँग राजकुमार ह्यारीलाई चिनाउने कार्यक्रम थियो । राजकुमार ह्यारी सबैलाई नमस्ते गर्दै टेबल टेबलमा पुगे । सबैसँग आत्मियता देखाए । पालो आयो – दीक्षितको । उनले राजकुमार ह्यारीको पाखुरा समाते र आफू मुलुकको सबैभन्दा ठूलो पत्रकार भएको आत्मप्रशंसा गरे । एक मिनेट जति दीक्षितसँग कुरा गरेपछि सँगै रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राई, पूर्वपरराष्ट्रमन्त्रीद्वय महेन्द्रबहादुर पाण्डे र रमेशनाथ पाण्डेसँग कुरा मात्र गर्न के खोजेका थिए, कनकमणिले नेपालीको बेइज्जत हुने गरी राजकुमार ह्यारीको पाखुरा ताने । आफूसँग कुरा गर्न आग्रह गरे । सरी–सरी भन्दै राजकुमार अगाडि सर्न के खोजेका थिए पुनः दीक्षितले ह्यारीको पाखुरा ताने । होटलमा आमन्त्रण गरिएका अरु पाहुनाले नराम्रो माने र कनकको तरिका ठिक नभएको बताए । उद्योगी तथा व्यावसायिक प्रतिनिधिले त कनकलाई हलबाट बाहिर निकाल्नु पर्नेसम्मको प्रतिक्रिया दिए । राजकुमार ह्यारी फेरि अर्को टेबलमा जान मात्र के खोजेका थिए, तेस्रोपटक पनि कनकले उनको पाखुरा ताने । परबाट नियालिरहेका उद्योगी तथा व्यवासायीले मात्रै होइन, नेपाली सेनाका उच्च अधिकारीले समेत कनकको व्यवहार ठिक नभएको भन्दै आपत्ति जनाए । नेपालीको नै बेइज्जत हुने गरी कनकले प्रदर्शन गरेको व्यवहारबाट आजित भएका राजकुमार ह्यारीका सुरक्षाकर्मीले चौथोपटक भने कनकको हात झड्कारिदिए र उनको नजिक पर्न दिएनन् । त्यसो त मुलुकका गन्य–मान्य व्यक्तिलाई पछाडि उभ्याएर कनक जस्ता कथित ठूला भनिएकालाई अगाडि राखिनु नै गल्ती भएको निष्कर्षमा परराष्ट्र मन्त्रालयका अधिकारी पुगे । नेपालीको परम्परा विपरीत कनकले राजकुमार ह्यारीको पाखुरा तानेको भन्दै अबदेखि कुनै पनि कार्यक्रममा उनलाई नबोलाउने निष्कर्षमा परराष्ट्र पुगेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१