नुवाकोटमा १३६१ अपराधी फरार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७२, बिहीबार १६:४६
नुवाकोट ।  नुवाकोटमा विभिन्न अपराधमा संलग्न एक हजार ३६१ अपराधी फरार रहेका छन्। nuwakot
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्ला अदालतले अपराध प्रमाणित गरी सजायको फैसलापछि पनि फरार रहेका अपराधीलाई पक्राउ गर्न निर्देशन दिएको छ।
आज प्रहरीले पत्रकार सम्मेलन गरी अहिलेसम्मका विभिन्न अपराधमा संलग्नहरु फरार रहेको जानकारी दिएको हो। एक हजार ३६१ फरार अपराधीबाट एक हजार १४१ वर्ष आठ महिना १६ दिन कैद भुक्तान र ६८ लाख ८४ हजार ९७ रुपैंया जरिवाना असुल उपर गर्न बाँकी रहेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी देवबहादुर बोहराले जानकारी दिए।
जगन्य अपराधका फरार अपराधीहरुमा मानव बेचबिखन मुद्दा ९६, कर्तव्य ज्यान मुद्दा २८, डाँका मुद्दा ११, जबर्जस्ती करणी सातजना, लागुऔषध ११, ज्यान मार्ने उद्योग नौ, अपहरणका दुई गरी १६४ जना फरार छन्।
अन्य अपराधका फरारहरुमा कुटपिट लुटपाट ५२१, जालसाजी ३१७, विगो भरिभराउ २३४, सम्बन्ध विच्छेद ११, गाली बेइज्जत १०७ गरी एक हजार १९७ जना रहेका छन्। सजाय भुक्तानको फरारहरुमा दुई दिनदेखि २० वर्षसम्म सजाय फैसला भएकाहरु र एकदेखि १५ लाख ५७ हजार रूपैंयासम्मको फैसला भएका अपराधी रहेको प्रहरी नाउव उपरीक्षक ऋषि कँडेलले बताए।
फरार अपराधीहरुलाई पक्राउका लागि प्रहरीले आफ्नो संयन्त्र परिचालन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चालु आवमा नुवाकोट प्रहरीले मानव बेचबिखनका तीन, लागुऔषधका दुई, ज्यान मार्ने उद्योगका एक, नागरिकताको एक र कुटपिट मुद्दाको एक गरी आठजना फरार अपराधीलाई पक्राउ गरी सजाय कार्यान्वयन गराएको प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिए। रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१