नेपाल र चीनले निकाले १५ बुँदे संयुक्त विज्ञप्ति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७२, बिहीबार ०६:२५

नेपाल र चीनबीच इन्धन व्यापार, रेलमार्ग विस्तारसहित थप १५ बुँदे सहमति भएको छ । पारबहनसहित १० बुँदे सम्झौता भएको दुई दिनपछि बुधबार मध्यान्न बेइजिङमा १५ बुँदे सहमति संयुक्त विज्ञप्तिको रुपमा जारी गरिएको छ । प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिमण्डल बेइजिङबाट हाइनानको बोआओ उड्नुअघि अन्तिम समयमा सुंयक्त विज्ञप्ति जारी गरिएको हो ।  दश बुँदे सम्झौता नपरेका तर नेपाल र चीनबीच संभाव्यता अध्ययनको चरणमा रहेका विषयप्रति प्रतिवद्धता जनाउँदै संयुक्त विज्ञप्ति आएको हो। चीनले नेपालमा तिब्बत रेलमार्ग विस्तारको संभाव्यता अध्ययन गर्न प्राविधिक र आर्थिक सहयोग गर्ने सहमतिको बुँदामा छ । सहमति अनुसार चार वर्षभित्र तिब्बतको केरुङ आइपुग्ने रेलमार्ग काठमाडौँ र त्यहाँबाट पोखरा हुँदै लुम्बिनीसम्म विस्तारका लागि संभाव्यता अध्ययन विस्तृत परियोजना प्रतिवेदन तयार गर्न चीनले प्राविधिक र आर्थिक सहयोग गर्ने उल्लेख छ । चीन–नेपालबीच इन्धन व्यापार गर्न मूल्य, कर, ढुवानी, भन्सार आदि विषयमा छलफल गर्ने उल्लेख छ । त्यस्तै नेपालमा इन्धन भण्डारण स्थल निर्माण गर्न दुई पक्ष सहमत भएका छन् । त्यस्तै अरुण किमाथांका जलविद्युत, अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माण सम्बन्धी संभाव्यता अध्ययन गर्न चीनले प्राविधिक र आर्थिक सहयोग गर्नेछ । संयुक्त विज्ञप्तिमा चीनले नेपालको नयाँ संविधानलाई स्वागत गर्दै यसलाई राजनीतिक स्थिरता र आर्थिक विकासको अवसरका रुपमा सदुपयोग गर्न नेपाललाई शुभकामना दिएको छ भने नेपालले एक चीन नीतिप्रति प्रतिवद्धता जनाएको छ । 15

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१