माओवादीको एकता नजिकै छः नेताहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७२, बुधबार १७:२७

मणि थापादेवकी तिमल्सिना/काठमाडौ, १० चैत।
माओवादीका नेताहरुले  विभाजित माओवादी पार्टीहरु एक नभई देशको
विद्यमान समस्या हल नहुुने र आरोलो लागेको माओवादीको हैसियत समेत कायम हुुन नसक्ने भएकाले माओवादी आन्दोलन एक हुुनपर्नेमा जोड दिएका छन् ।
उनीहरुले उक्त एकता नजिक रहेको पनि दावी गरेका छन् ।
राजधानीको संवाद डवलीमा क्रान्तिकारी कम्युुनिष्ट पार्टीद्धारा आयोजित
‘वर्तमान परिस्थितिमा माओवादी आन्दोलनको दिशा’ विषयक विचार गोष्ठीमा
उनीहरुले उक्त जोड दिएका हुन् ।
क्रान्तिकारी कम्युुनिष्ट पार्टीका महासचिव मणि थापाले माओवादी
पार्टीहरुको भविश्य संकटमा रहेकाले एकता अनिवार्य बन्न गएको बताए । उनले
अबको एकताले आमुल परिवर्तनको दिशा निर्देश गर्ने पनि दावी गरे । उनको कथन
छ, ‘यो अभियान यही पुुस्ताले पुरा गर्न पर्ने भएको छ ।’
एकीकृत नेकपा माओवादीका नेता लोकेन्द्र विष्टले माओवादी पार्टी
गौरवशालीभन्दा कौरबशाली भएकाले विग्रेको तर विभिन्न परिस्थितिले पार्टी
एकता हुुनै पर्ने भएकाले क्रान्तिकारी कार्यभार अझै बाँकी रहेको ब्याख्या
गरे । ‘बिग्रेका कार्यशैली सच्याएर एकता गर्न आवश्यक छ’ उनले भने, ‘यसका
लागि म चाँहि पार्टी सदस्य भएर काम गर्न पनि तयार छु ।’ नेता विष्टले
सपना देख्न छोड्न नहुुने र बनेको संविधानलाई संघर्षको थलो बनाउन पर्नेमा
जोड दिए ।
नेकपा (माओवादी क्रान्तिकारी) का नेता कुलप्रसाद केसीले फेरि जनयुुद्ध,
जनयोद्धा र माओवादी आन्दोलनको केन्द्रिकरण विना जनयुद्धका उपलब्धीको
रक्षा र बाँकी क्रान्तिको कार्यभार पुुरा नहुुने बताए । उनले वितेका दश
वर्ष युद्ध र दश वर्ष शान्ति र विवादमा वितेपनि अवको समय परिवर्तनका लागि
हुने दावी गरे ।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले माओवादी पार्टीहरु क्रान्तिको बाँकी
कार्यभार पुुरा गर्ने सन्दर्भमा एकता गर्न सक्ने बताए । उनले त्यसका लागि
माओवादीका शीर्ष नेतृत्व तहका नेताहरुले जनता र आम कार्यकर्ताको भावना
नबुुझेको सन्दर्भ प्रस्तुत गर्दै भने, ‘माओवादी संकट आएपछि मात्र एक
हुनेजस्तो र अघिपछि वास्तै नगर्नेजस्तो नेता गण देखा परेका छन् ।’
माओवादी एकता आन्दोलनका अभियन्ता दीपेन्द रोकायाले वदलिदो परिवेशले
माओवादी आन्दोलन उपेक्षा र अरुचीको विषय बन्दै संकटमा धकेलिएको बताउँदै
यतिखेर एकता नभए बचेका सर्मथक, शुभेच्छुक मात्र होइन नेता, कार्यकर्ता
समेत निराश हुने बताए । उनको विचारमा यो एकता कोही पार्टीमा जाने र आउने
नभई नेकपा माओवादी केन्द्र बनाउनमा केन्द्रित हुन पर्दछ ।
नेकपा (माओवादी) का नेता गोपाल ठाकुरले मधेशको समया हल नगरी नेपालको
समस्या हल नहुने दावी गर्दै पार्टी एकताको आधार नेतृत्वमा क्रातिकारी
विचार हुनपर्नेमा जोड दिए । यस्तै द्धन्द्ध सरोकार केन्द्रका अध्यक्ष
रमेश श्रेष्ठले वेपत्ता, घाइते योद्धाहरुले पार्टी एक भएको देख्न चाहेको
गुनासो सुनाए । प्रगति र विहानी विकले जनयुुद्धका बाँकी रहेका कार्यभार
सम्बन्धी गीतहरु प्रस्तुुत गरेको कार्यक्रममा टिकाजंग हमाल, रक्तिम लामा
लगायतले पार्टी एकताले दिने संभावित गतिका सन्दर्भहरु प्रस्तुत गरेका थिए

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१