नेपाल र चीनद्वारा १५ बुँदे संयुक्त विज्ञप्ति जारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७२, बुधबार १३:४४

काठमाडौं । नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा बुधबार जारी संयुक्त विज्ञप्तिमा नेपालको नयाँ संविधानको स्वागत गरिएको छ । संयुक्त विज्ञप्तीमा नेपाल एक चीन नीतिप्रति आफ्नो प्रतिवद्धता पुनः दोहोर्याएको छ ।nepal china

नेपालले आफ्नो भूमिबाट चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता विज्ञप्तीमा जनाएको हो । दुई देशले एक अर्को देशका स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै चासो र हितलाई सम्बाधेन गर्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ । नेपालले एक चीन नीतिप्रति प्रतिवद्धता जनाएको छ ।

प्रधानमन्त्री ओली विज्ञप्तिमा निस्किएपछि बोआओ सम्मेलनमा सहभागी हुन बेइजिङबाट हेनान प्रान्तको सान्याका लागि प्रस्थान गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१