आइसिसीले नेपाललाई निलम्बनसम्मको चेतावनी दिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७१, शुक्रबार ०८:०८

 अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले नेपाललाई निलम्बनसम्मको चेतावनी दिने भएको छ ।
आइसिसीले विधान अनुसार पूर्णकालीन प्रशासक नियुक्त नगरेको भन्दै नेपाललाई औपचारिक रुपमै चेतावनी दिन लागेको क्रिकेट सम्बन्धि अनलाइन क्रिक इन्फोले जनाएको छ ।Cricket-studium
मेलवर्नमा हुन लागेको आइसिसीको वार्षिक साधारणसभामा नेपालसहित एशोसियट राष्ट्रहरु अमेरिका र जाम्बिया साथै एफिलियट राष्ट्र ब्रुनाइ, टोंगा र मोरक्कोलाई विधान अनुसारको काम नगरेको भन्दै निलम्बनको चेतावनी दिन लागेको हो ।
आइसिसीले आफ्नो विधानअनुसार १ वर्षभित्र काम नगरे यी सबै राष्ट्रलाई निलम्बन गर्ने बताएको छ । नेपाल क्रिकेट संघ क्यानले भर्खरै मात्र कार्यकारी अधिकृत र लेखा प्रमुखका लागि विज्ञापन गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१