अमेरिकाका राष्ट्रपति बाराक ओबामाकी छोरी हलिउडमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७१, शुक्रबार ०७:३३

(एजेन्सी)– हलिउडको एक फिल्ममा अमेरिकाका राष्ट्रपति बाराक ओबामाको छोरी मालिया ओबामा प्रडक्सन असिस्टेन्टको रुपमा काम गरिरहेकी छिन् । ४ जुलाईमा १६ वर्ष पुग्ने मालिया ओबामा , हलिउडकी नायिका हेले बेरीको साई–फाई सिरिजको आउने फिल्मसँग अनुबन्धित छिन् । यो फिल्ममा काम गर्दा मालियाले अरु कर्मचारीहरुसँग निकै साधारण व्यवहार गर्ने गर्छिन् जसले गर्दा अरु कर्मचारीहरुलाई उनी अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी हुन् भन्ने भान हुँदैन । विशेष शुत्रका अनुसार बाराक ओबामाकी श्रीमती, फस्र्ट लेडी मिसेल ओबामाले मालियालाई यो फिल्ममा अनुबन्धित गर्नका लागि सिबिएस स्टुडियोसँग उनको भेटाएकी थिइन् ।Malia-Obama मालियाले उनी यो फिल्ममा पाइलटको शुटको लागि काम गरिरहेकी छिन्, जसमा उनी प्रडक्सन डिपार्टमेन्टमा कम्प्युटर अलाइन्मेन्टको रुपमा काम गरिरहेकी छिन् । मालियाले हाँस्दै भनिन् कि यो मौका उनको पहिलो हो र उनको लागि यो काम एक चुनौतीको रुपमा खडा भए पनि उक्त काम राम्रोसँग गर्न चाहेको बताइन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१