सामूहिक हत्याको आरोपमा ४० व्यक्तिलाई मृत्युदण्डको सजाय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ फाल्गुन २०७२, शुक्रबार १२:५४
इराकको एक अदालतले ४० व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०१४ को जुन महिनामा टिक्रीट सहर इस्लामिक स्टेट (आइएस) ले कब्जा गरेको समयमा करिब १७ सय सैनिकको हत्या गरेको ती व्यक्तिहरुमाथि आरोप लगाइएको छ ।
इराकी आधिकारीक टेलिभिजन च्यानलले सो जानकारी दिएको छ । केन्द्रिय फौजदारी अदालतले ४० जना प्रतिवादीलाई मृत्युदण्डको सजाय सुनाएको इराकी सर्वौच्च अदालतका प्रवक्ता अब्दुल सतार अल बिराक्दारले बताए ।
हजारौको सङ्ख्यामा सैनिकहरुको अपहरण गरिएको र पछि ती सैनिकको हत्या गरिएको थियो ।
उत्तरी टिक्रीटस्थित अपहरण गरिएका ती सैनिकहरुको आइएस आतङ्ककारीद्धारा हत्या भएको बताइएको छ ।
गत बर्षको जुन महिना पनि सामूहिक हत्याको आरोपमा २४ जना प्रतिवादीहरुलाई मृत्युदण्ड दिइएको थियो । रासस – सिन्ह्वा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१