कोशीमा दुई दिनको समय दिएर नयाँ सरकार गठनको लागि आह्वान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०८१, बिहीबार ०६:४१

काठमाडौं । कोशी प्रदेशमा दुई दिनको समय दिएर नयाँ सरकार गठनको लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ अबेर दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन् । कोशीमा अहिले नेपाली कांग्रेको नेतृत्वमा सरकार छ । मुख्यमन्त्रीको जिम्मेवारी भने केदार कार्कीले सम्हालेका छन् । मुख्यमन्त्री कार्कीले अल्पमतमा परेको यतिका दिन बितिसक्दापनि राजीनामा पनि नदिएको र विश्वासको मत पनि नलिएको भन्दै आलोचना हुँदै आएको थियो ।

विश्वासको मत लिने समय घर्किसकेकोले मुख्यमन्त्री कार्की पदमुक्त भएको निष्कर्ष निकाल्दै प्रदेश प्रमुख खापुङले आज संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको उक्त आह्वानअनुसार अब प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यले यही बैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुखयमन्त्रीमा दाबी पेश गर्नुपर्नेछ । यसअघि अहिलेका मुख्यमन्त्री कार्कीले पनि यही संवैधानिक धाराअनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१