स्वास्थ्य र सौन्दर्यका लागि क्युट साइन ब्युटी हब,बैशाख २८ गते उद्घाटन हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०८१, बिहीबार ०७:१३

काठमाडौँ। दैनिक दौडधुप र आधुनिक जीवनशैलीका कारण मानिसमा मानसिक तथा शारीरिक समस्या बढ्दै गएको छ । सहरीया वातावरणमा बदलिदो परिस्थितिसँगै बजारमा मानसिक तथा शारीरिक तन्दुरुस्तीका विभिन्न उपचार र सामग्री आइरहेका छन् ।

काठमाडौंको जावालाखेल  विदेशी तथा नेपाली पर्यटकहरुका लागि लोकप्रिय थलो हो । जहाँ पर्यटकहरुका लागि लक्षित गर्दै बिभिन्न संघसंस्था क्रियाशिल छन् भने पर्यटक लक्षित विक्री वितरणका सामाग्रीहरुको केन्द्र राखिएका छन् । यही जावालाखेलको मध्यभागमा क्युट साइन ब्युटी हब संचालनमा आउने भएको छ  । जसले, विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने छ , नेपाली ग्राहकलाई रोजाई बन्ने  छ । जहा विदेशी तथा नेपालीहरु आफ्नो सौन्दर्यतामा निख्खार ल्याउन पुग्ने ठाउ हुने छ । क्युट साइन ब्युटी हबले साउना बाथ, स्टीम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापीलगायतका सेवा लिन सकिने क्युट साइन ब्युटी हब संचालिका सरु श्रेष्ठले बताइन  ।

हुन त, मानिस प्राकृतिक रुपमै सुन्दर हुन्छ । तर, कामकाज र वातावरणले मानिसको रुपमा असर गर्छ । यहि कुराई मध्यनजर गर्दै बजारमा विभिन्न सौन्दर्यका सामाग्रीहरु पाइन्छन् । मानिसको सौन्दर्यमा ह्रास आउन नदिन र सौन्दर्यलाई निखार ल्याउन विभिन्न सौन्यर्य केन्द्र खुलिरहेका छन्  । पछिल्लो समय आयआर्जन र विदेशी पर्यटन भित्राउने आकर्षणसमेत सौन्दर्य पेशा बन्न थालेको छ ।

क्युट साइन ब्युटी हबले सौन्दर्य र शारीरिक स्वास्थ्यका लागि नयाँनयाँ प्रविधिहरु मार्फत सेवा सुविधालाई ध्यानमा राखेर क्युट साइन ब्युटी हब सञ्चालनमा ल्याएको हो ।’ यो क्युट साइन ब्युटी हबले एकै पटकमा ४० जना ग्राहकलाई सेवा दिने क्षमता राख्छ। हप्ताको सातै दिन बिहान ८ बजेदेखि राति १० बजेसम्म खुल्ने यो स्पाको भब्य उद्घाटन बैशाख २८ गते शुक्रबार हुने संचालिका सरु श्रेष्ठले बताइन । उद्घाटन कार्यक्रममा कलाकार,पत्रकार,ब्यबसायी,समाजसेवी,राजनीतिज्ञ लगाएतको उपस्थितिमा भब्य उद्घाटन हुने संचालक श्रेष्ठले बताइन ।

शारीरिक तन्दुरुस्ती, सौन्दर्य र पर्यटनको क्षेत्रमा निकै महत्वपूर्ण मानिएको स्पाभित्र विभिन्न प्रकारका उपचार विधिहरु पाइन्छन् । उमेरअनुसार मानिसको शरीरका प्रत्येक भागलाई विभाजन गरी उपचार गर्ने र बाहिरी सौन्दर्यता कायम गर्न बढी स्पा गर्ने गर्छन् । उदाहरणका रुपमा हेयर स्पा, फेस स्पा, नेक स्पा, आइ स्पा, फुट स्पा, नेल स्पा, स्किन स्पाजस्ता नाम बढी सुनिन्छन् ।

रियल स्पा थेरापीले साउना बाथ, स्टिम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापी, स्ट्रचिङ थेरापीका साथै ब्युटीपार्लर र सैलुनमा हुने सम्पूर्ण सेवा दिने गरेको छ ।

अहिले नेपालमै पहिलोपटक अफुरो (हट स्प्रिङ वाटर) तातो पानीको कुण्ड सुरु गरेको छ । यसबाट ब्याक पेन, जेइन्ट पेन, सुगर, पुरिक एसिड, प्रेसर, वैट लस, मस्कुलर पेनजस्ता रोगको ग्यारेन्टीका साथ उपचार गर्दै आएको छ ।

स्पाको अमेरिका, क्यानाडा, स्पेनलगायतका देश हुँदै एसियाका थाइल्याण्ड, चीन, इन्डोनेसियामा विकास भएको पाइन्छ । पर्यटन क्षेत्रमा मात्र नभएर कामकाजी सहरिया व्यस्त जीवनशैलीका कारण स्पाप्रतिको आकषर्ण बढ्दो छ । स्पा व्यवसाय आज उद्योगकै रुपमा विकसित भइसकेको छ । राजधानी बाहिर पर्यटक स्तरीय तारे होटलहरुमा स्पा व्यवसाय क्रमशः विस्तार हुँदै गएको छ ।

May be an image of text that says 'Cui Shine Grand jlub Beaulejul Opening You are invited to the grand opening Friday 28 Baishakh, 2081 Start at 1.05 pm Jawalakhel Chowk Lalitpur, Nepal Saru Shrestha Founder Director 977 01 5921215, หารก 977 79851161982'

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१