एमाओबादीका प्रवक्ता भन्छन् अबको अध्यक्ष मोहन वैद्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ फाल्गुन २०७२, शुक्रबार ०७:०१

एकीकृत माओबादीले आफुबाट छुट्टिएर भिन्दाभिन्दै पार्टी बनाएका माओबादीहरुलाई एकतामा ल्याउन आन्तरीक प्रयास गरिरहेको छ । उसले आफ्ना पूर्व उपाध्यक्ष मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओबादीसंगको एकीकरणको पहल अन्तिम चरणमा पु¥याएको जनाएको छ । स्रोतका अनुसार एमाओबादीमा आउनका लागि बैद्यले अध्यक्ष बनाइए आउन सक्ने संकेत गरेका छन् । बैद्य आउने भए भने एमाओबादीले अध्यक्ष मान्ला त ? अनि अरु माओबादीहरुलाई पनि एमाओबादीले एकतामा ल्याउन सक्ने आधारहरु केके हुन् ? कार्यदिशामा माओबादीको स्पष्ट अडान के हो ? यीनै विषयमा केन्द्रित रहेर एकीकृत माओबादीका प्रवक्ता दिनानाथ शर्मासंग नवराज कुँवरले राष्ट्रिय खबरका लागि गरेको कुराकानीको अंश ।dinanath-sharma

माओबादीहरुबीच एकता बन्ने आधार
हामी शसस्त्र युद्धबाट शान्ती प्रक्रियामा आयौँ । त्यसपछि संविधानसभामार्फत संविधान बनाउने चरणमा हामीबीच केही मतभिन्नताहरु भए र त्यसबाट असन्तुष्ट बनेर केही साथीहरु छुट्टिनुभयो । अब ती सबै कोर्स पूुरा भैसके । शान्ती प्रक्रियामै जानुहुन्न र संविधानसभानै बहिस्कार गर्नुपर्छ भन्ने साथीहरुले भिन्दै पार्टी बनाउनुभएको छ । अब त शान्ती प्रक्रियामा पनि हामी आइसक्यौँ र संविधानसभाले संविधान पनि दिइसक्यो । अब राजनीतिमा यसको अरु विपल्प पनि छैन । अहिले यही नै हो एकता बन्ने आधार । त्यसैले नयाँ चरणमा युग प्रवेश गरिसकेको छ अब सबैले परिमार्जित भएर एकीकरण गर्नुको विकल्प छैन ।

बैद्य अब एमाओबादीको अध्यक्ष
आदरणीय कमरेड मोहन बैद्य किरण अध्यक्ष भए हामीलाई कुनै अप्ठेरो छैन । हिँजो उहाँकै नेतृत्वमा हामी थियौँ । उहाँ पनि हाम्रै अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा हुनुहुन्थ्यो । आज नेपालमा भएका माओबादीहरु एक भएर हाम्रा बाँकी क्रान्ति पूरा हुन्छ भने हामीले थोरबहूत त्याग गर्न सकिन्छ । र एकीकरणका लागि प्रस्तावित सहमतिअनुसार अब एकीकृत माओबादीका अध्यक्ष मोहन बैद्य किरण हुनुहुनेछ । यो कुरा त हाम्रै अध्यक्ष प्रचण्डले पनि भनेकै कुरा हो ।
यस कारण अबको बाटो समाजवाद
देश समाजवादउन्मुख भएको छ भन्ने कुरा संविधानले नै प्रस्तावनामा प्रष्टरुपमा किटान गरेको छ । संविधानमा नै समाजबादउन्मुख अर्थतन्त्रको विकास गर्ने, राजनीतिमा विकास गर्ने भनिएको छ र हाम्रो पूरै राष्ट्रनै समाजबादी क्रान्तिको चरणमा पुगिसकेको छ । त्यसैले हामीले भनेका हौ, मूलभूत रुपमा समाजबादी क्रान्तिको एउटा चरण पूरा भएको छ । २००७ सालमानै कांग्रेस र एमाले जस्ता पूजीबादी शक्तिहरुले संविधानसभाको एजेण्डा उठाएका हुन्थे भने हाम्रो कार्यदिशा भिन्दै हुन सक्ने थियो । तर उनीहरुले त्यो नगरेका कारण हाम्रो पार्टीले हतियार उठाउनुपर्यौ । यो कुरा तीनै पूजीपतिहरुले गर्नुपर्ने थियो । त्यसैले पूजीवादी जनवादी क्रान्ति हो । जस्तो माओले पूजीबादी जनबादी क्रान्ति एउटा चरणमा पूरा गर्नको लागि प्रयास गर्नुभयो । हामीले त्यस्तै प्रयास गरेका हौँ ।
एमाओबादी कुन सिद्धान्तको उपयोगमा माओ या खुश्चेव ?
खुश्चेवको विचार हैन, उहाँले त पूँजीबादी क्रान्ति पूरा भएर समाजबादी क्रान्तिको दिशामा गइसकेको, खासगरि औद्योगिक पूजीबादको विकास भएका देशहरुमा यूरोपतिर, रुसमा हुने क्रान्तिका स्वरुपहरु तपाईले उसबेलाको सम्झनुहुन्छ भने युग त्योभन्दा धेरै टाढा गएको छ र हामी त्योभन्दा एक डेडसय वर्ष पछाडी छौँ । त्यसैले तपाईले खुश्चेवको कुरा गर्नुभयो भने ती सिद्धान्तका कुरामात्र भए व्यवहारिक भएनन् ।
चीनका माओ र रुसका खुश्चेवको सिद्धान्तभन्दा मौलिक सिद्धान्त जो नेपाली समाजको रुपान्तरण र समृद्धिमा लागु हुन सकोस त्यस्तै सिद्धान्त व्यवहारतः प्रयोग गर्ने चरणमा छौँ । उनीहरुले प्रतिपादन गरेका कुराहरु मार्गदर्शन बन्न सक्छन् तर लागु गर्ने चरणमा हामीले मुलुक सुहाउँदो सिद्धान्तलाई रुपान्तरण गरेर प्रयोगमा ल्याउने हो । किनभने माओले पनि लेनिनले भनेजस्तो गर्न सक्नुभएन । माक्र्सले त संसारभरि एकैचोटि समाजबाद आउँछ, एकैचोटि साम्यवाद आउँछ भन्नुभएको थियो तर लेनिनले समाजबादी क्रान्ति आफ्नो देशमा गरे एउटै देशमा मात्र समाजबादको विकास हुन्छ भनेर प्रमाणीत गर्नुभयो । तर नयाँ जनबादी क्रान्ति गर्नलाई औद्योगिक पूजीबादको विकास नभएको अवस्थामा र पूजीबादी शक्तिहरुले पूजीबादको विकास गर्न नसकेको अबस्थामा कम्युनिष्ठ क्रान्तिकारी शक्तिहरुले हतियार उठाएर भएपनि नयाँ जनबादी क्रान्ति पूरा गर्नुपर्छ भन्ने कुरा माओले सिकाए । तर हाम्रो धरातल र सम्बन्धन उत्पादन प्रणालीलाई हेरौँ अनि हामी आफ्नो देशमा के गर्दा ठीक हुन्छ भन्नेतिर ध्यानाकर्षित होऔँ ।
सामन्तबादको अवशेषमात्र बाँकी छ
हामीले प्रष्टरुपमा भनेका छौँ सामन्तवादको अवशेषहरु बाँकी छन् । तर पहिलाजस्तो नेपाली समाजका दुई ठूला पहाड सामान्दबाद र निरंकश शासन व्यवस्था भनेर उनीहरुका विरुद्धमा लड्नुपर्ने अवस्था अहिले छैन । त्यसैले अब बाँकी सामान्तबादका अवशेषलाई हामी समाजबादको बाटोमा जाँदै पनि निरिक्यौल गर्न सक्छौँ ।
एमाओबादी रुपान्तरण हुन तयार छ
शसस्त्र द्धन्द्धको च्याप्टरलाई बन्द गरेर नयाँ दशकमा हामी प्रवेश गरेका छौँ । हामीले अब आर्थिक क्रान्ति गर्नुछ । र यो कुरा हामी फुटेर सम्भव छैन, जुटेरमात्र सम्भव छ । त्यसैले हाम्रो पार्टीले आन्तरिक लविङ गरिरहेको छ । असन्तुष्ट साथीहरुलाई सहमतिमा ल्याउने र नयाँ क्रान्तिको साझा गन्तव्य तय गर्ने । त्यसका लागि हामी छुट्टिएका कम्रेडहरुलाई एकतामा ल्याउनका लागि त्याग गर्नुपर्ने कुरा र रुपान्तरीत हुने कुराबाट पनि पछि हट्ने छैनौँ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१