कांग्रेस महाधिवेशन खर्च ४ करोड लाग्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७२, सोमबार ११:००
कांग्रेस महाधिवेशकाठमाडौँ । कांग्रेसको १३ औँ महाधिवेशन सम्पन्न गर्न ४ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
कार्यबाहक सभापति रामचन्द्र पौडेललको अध्यक्षतामा आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको महाधिवेशन तयारी सम्बन्धी बैठकमा अर्थ समितिका संयोजक डा. रामशरण महतले अनुमानित बजेट प्रस्तुत गरेका हुन्।  करिब २ करोड रुपैयाँ महाधिवेशन प्रतिनिधिहरुको प्रवेश शुल्कबाट उठ्ने र नपुग रकमका लागि स्वेच्छिक चन्दा अभियान थाल्ने कांग्रेसले जनाएको छ। उनले आर्थिक संकलनको स्रोत र खर्चका बारेमा बैठकमा जानकारी गराएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१