कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, आज सार्वजनिक बिदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७२, मंगलवार १७:५९
pmकाठमाडौ । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधन भएको शोकमा सरकारले आज  सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
कोइरालाको निधनले स्तब्ध भएको भन्दै मन्त्रिपरिषदले शोकमा  बुधबार १ दिन सार्वजनिक बिदा दिने पनि सरकारले निर्णय गरेको छ । यस्तै,  तीन दिनसम्म नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यी तीन दिन कुनै औपचारिक सरकारी कार्यक्रम पनि गरिने छैन ।
आकस्मिक रुपमा हिजो  विहान बसेको मन्त्रिपरिषद्को बैठकले विहान १२ :५० मा निधन भएका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । तोप सलामीसहित अन्त्येष्टिको व्यवस्था गर्न मन्त्रिपरिषद्ले रक्षा र गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१