कांग्रेसका निर्वाचनसम्बन्धि सबै कार्यक्रम स्थगित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७२, मंगलवार ०७:४७
flag-of-nepali-congressकाठमाडौं ।  नेपाली कांग्रेसले १३ औं महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धी कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।
 
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मंगलबार बिहान १२:५० बजे निधन भएपछि कांग्रेसका निर्वाचनसम्बन्धि सबै कार्यक्रम स्थगित गरिएको कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।
 
यसैबीच कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक मंगलबारका बिहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बोलाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१