हिमपात र आँधीहुरीका कारण अमेरिकामा १७ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० माघ २०७२, आईतवार ०७:२६

हिमपातभोला आचार्य । लगातारको हिमपात र आँधीहुरीका कारण अमेरिकामा १७ जनाको मृत्यु भएको छ। हिमपात र आँधीहुरीका कारण ९ जना र  बाँकी ८ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको हो द एसोसिएटेड प्रेसले जनाएको छ।

समाचार तयार पार्दासम्म न्युयोर्कमा ३ जना, कुइन्स शहरमा २ जना र १ जना स्टाटन आईल्यान्डमा ज्यान गुमाएका छन्। हिमपातका कारण अमेरिकाको पूर्वी भूभागको जनजिवन प्रभावित भएको छ। एघार राज्यहरुमा संकटकाल घोषणा गरिएको छ।

जर्जिया, टेनेसी, पेन्सिलभेनिया, मेरिल्याण्ड, केन्टोकी, थर्न क्यारोलिना, न्युजर्सी, न्युयोर्क, डेलवार भर्जिनिया र वासिंगटन डिसीमा संकटकाल घोषणा गरिएको छ। यी ठाउँहरुमा शनिवार विहानसम्म १६ इन्चबढी हिउँको उचाइमाथि उक्लिसकेको छ भने रातभरीमा १८ देखि ४८ इन्चसम्म हिउ पर्ने मौसमविद्हरुको पूर्वानुमान छ। सन् १९२२ मा २८ इन्चसम्म हिउ परेको इतिहास छ। प्रभावित राज्यहरुमा मानिसहरुलाई वाहिर ननिस्कन त्यहाँका गभर्नरहरुले सार्वजानिक अपिल गरेका छन्। सवैतिर नेसनल गार्डजस्ता आकस्मिक सेवाहरुलाई तैनाथ गरिएको छ।

न्युयोर्कमा ३० इन्च हिउ पर्ने सम्भावना रहेको छ। शनिवार दिउँसो २ बजेदेखि अत्यावश्यक सवारीसाधन वाहेक सवारीसाधनमा रोक लगाइएको छ।  भर्जिनिया र मेरिल्याण्डमा ४८ इन्चसम्म हिउपर्ने राष्ट्रिय मौसम केन्द्रले जनाएको छ। भर्जिनियाको नरफोकमा हावाको वेग प्रतिघण्टा ५५ माइलको गतिमा चलेको छ। त्यहाँ ९ सय ८९ गाडीहरुमा क्षति पुगेको छ भने ७ सय ९३ गाडीहरु नचल्ने अवस्थामा रहेका छन्।

डिसी र न्युयोर्कस्थित मेट्रो सेवा वन्द गरिएको छ। एमटिए वस सेवा, रेल, विद्यालय, कलकारखाना, पुल, टनेल सवै वन्द रहेका छन्। अत्यावश्यकवाहेक सवै सवारी साधनहरु सन्चालनमा रोक लगाइएको छ। ९ हजार ५ सय हवाई उडानहरु स्थगित भएका छन् भने १३ राज्यका ३ लाख ग्राहकहरु विद्युतको सेवाबाट बन्चित भएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१