जुकरबर्ग पछि शेरिलले गरिन् झण्डै साढे ३ अर्ब दान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ माघ २०७२, आईतवार ०८:२१

facebookफेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले छोरी जन्मिएको खुसियालीमा आफ्नो सम्पत्तिको ९९ प्रतिशत हिस्सा कल्याणकारी कार्यमा दान गरेको महिना दिन नपुग्दै फेसबुककी दोश्रो नम्बरकी अधिकारी अर्थात् सिओओ शेरिल स्याण्डवर्गले पनि मोटो रकम दान गरेकी छिन् । शेरिलले फेसबुकको २ लाख ९० हजार शेयर बराबरको रकम कल्याणकारी कोषमा हस्तान्तरण गरेकी हुन् । यसको मूल्य झण्डै ३ अर्ब ४० करोड हुन्छ । अब यो रकमलाई उनले आफ्नो इच्छा अनुसार कुनैपनि संस्थालाई प्रदान गर्न सक्नेछिन् ।
स्याण्डबर्गले कल्याणकारी कार्यका लागि दान गरेको रकमको केही हिस्सा लिन इन नामक महिला ससक्तिकरणमा काम गर्ने संस्थालाई दान गरिसकेकी छिन् । त्यस्तै उनले गरीबी निवारण तथा शैक्षिक संस्थालाई पनि रकम दान गर्ने योजना बनाएकी छिन् ।
को हुन् शेरिल
sheryl_sandberg1
शेरिलले यसअघि गुगल तथा वल्र्ड बैंकमा काम गरिसकेकी छिन् । साथै उनले लेखेको किताब लिन इन: वुमन, वर्क एण्ड त विल टू लिड धेरै बिक्ने किताबमा पर्छ ।
सन् १०६९ मा वासिंटनमा जन्मिएकी शेरिलले सन् १९९५ मा हार्वर्ड बिजनेस स्कुलबाट डिस्टिंक्सनमा एमबीएको अध्ययन पूरा गरेकी छिन् ।
बिल क्लिन्टन अमेरिकाको राष्ट्रपति रहेको बेला तत्कालिन वित्त मन्त्री ल्यारी समर्सको चिफ अफ स्टाफको रुपमा उनले काम गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१