उत्तर कोरियामा यस्तो कठोर तालिम लिन्छन् सेना (डरलाग्दो भिडियोसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ पुष २०७२, बुधबार ०५:५२

एजेन्सी । उत्तर कोरियाले हालै हाइड्रोजन बम परीक्षण गरेको समाचारले यतिबेला पश्चिमा जगत निकै सशंकित बनिरहेको छ । आणविक शक्तिको रुपमा उदाएको उत्तर कोरियाको सैन्य तालिम पनि निकै कठोर रहेको देखिएको छ ।

आजभन्दा एक वर्षअघि युट्यूबमा अपलोड गरिएको एक भिडियोमा निकै कठोर प्रस्तुति देख्न सकिन्छ । एक समारोहमा शासक किम जोङ उनलाई देखाइएको सेनाको प्रस्तुति निकै साहसिक छ ।

सेनाका जवानले आफ्नो शरीरमा ढुङ्गा राखेर माथिबाट घनले हानेका छन् । घनको प्रहारबाट ढुङ्गा फुटेको छ, तर उनीहरुको शरीरलाई केही भएको छैन ।

कतै आफ्नो पेटमा ठूलो घनले हानेका छन् । तर पनि केही असर देखिएको छैन । शासक किम जोङ उन आफैँले पनि पेस्तोल पड्काउन सिकाएका छन् ।
हेर्नुहोस् भिडियो पुरै भिडियो
https://youtu.be/89YC_e2WdT8

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१