‘जनयुद्ध’ शुरु नहुँदै टाउकोको मोल तोकिएका पासाङ: थवाङदेखि उपराष्ट्रपतिसम्म

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ कार्तिक २०७२, शनिबार १८:०९

२०५१ मंसिर ९ गते रोल्पाको इरबाङ मेला । एक हुल प्रहरीले एकजना तन्नेरीलाई खोज्दै थिए । राज्य प्रशासनका आँखामा ती तन्नेरी ‘खुँखार अपराधी’ थिए । तिनको अपराध स्थानीय जाली फटाहा सामन्तको विरोध गर्नु थियो । तर तत्कालिन नेपाली कांग्रेसको सरकारको आँखामा स्थानीयरुपमा शोषण दमनको विरोध गर्ने, जनताका दुखसुखका कुरा गर्नेहरु वैरीका रुपमा हेरिन्थे ।

प्रहरीले ती युवकलाई फेला पारे । सुरुमा सामान्य झडप भयो । तन्नेरी पनि के कम, प्रहरीको लाठीको प्रतिकार लाठीले नै गर्न थाले । लट्ठी नचाउन कहलिएका उनलाई पक्रिन नसकेपछि  प्रहरीले गोली चलायो । गोलीले तन्नेरीको पाखुरा छेडियो । तर सँगैका दुइजना अन्य साथीहरु भने गोली लागेर मरे । जसोतसो ज्यान जोगाउन सफल भए ती तन्नेरी ।

त्यतिबेला इरबाङ मेलामा ती तन्नेरीको हत्या भएको भए आज यो समाचार लेखिने थिएन । २०५१ सालमा जोगिएपनि त्यसपछि भने यी तन्नेरीको जीवन तरवारको धारमा बित्यो । दर्जनौंपल्ट उनी निशानामा परे । दर्जनौंपटक उनलाई मार्ने घोषणा गरियो । पटकपटक बाम, बारुदका छर्राले उनको शरीर छेडियो । जनयुद्धका दश वर्षमा मृत्यु उनको समीप आएर तर्केर गयो ।

जनयुद्धका बेलामा ‘पासाङ आयो’ भनेर कासन गरेपछि तत्कालीन शाही नेपाली सेना र प्रहरीहरु समेत थर्कमान हुन्थे भनेर चर्चामा रहेको थियो । पासाङले कमाण्ड गरेका धेरै फौजी आक्रमण सफल हुनुमा उनको ‘कमाण्डिङ कपासिटीले काम गरेको बताउँथे उनका सहयोद्धाहरु ।

एउटा किंवदन्ती झैं आज यिनै तन्नेरी देशको दोश्रो सर्वोच्च गरिमामय पदमा निर्वाचित भएका छन् । उनी अर्थात, नन्द किशोर पुन “पासाङ” । भद्र, शालीन व्यक्तित्व भएका पासाङ जनयुद्धपछि एमाओवादीको शान्तिपूण यात्रामा जस्तै शान्त देखिए, उनको पार्टीमा भएका धेरै नेता कार्यकर्ता बेला बेलामा विवादमा आइरहँदा पासाङ भने कतै विवादमा मुछिएनन् ।
एमाओवादी पार्टी २०६४ सालको संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गरेर सरकारमा गएका बेलामा पनि पासाङ गुपचुप रहे । त्यसपछि बनेको झलनाथ खनाल नेतृत्वको सरकारको पालमा पनि पासाङ ले कुनै पद मागेनन् ।

12188264_1644205952511160_1110666175_nएमाओवादी पार्टी भित्र त्यागी नेताको छवि बनाएका पासाङलाई मन नपाराउने कमै छन् । एमाओवादीबाट पासाङलाई नै उप–राष्ट्रपति उम्मेदवार बनाउन धेरै कार्यकर्ताले दबाद दिए । जनयुद्धमा फौजी कमाण्डलाई शिखरमा लगेको उनको लोकप्रियता त्यतिबेलादेखि आज सम्म उत्तिकै छ राष्ट्रवादी एक सफल योद्धा भनेर ।  जनयुद्धका बेलामा ‘पासाङ आयो’ भनेर कासन गरेपछि तत्कालीन शाही नेपाली सेना र प्रहरीहरु समेत थर्कमान हुन्थे भनेर चर्चामा रहेको थियो । पासाङले कमाण्ड गरेका धेरै फौजी आक्रमण सफल हुनुमा उनको ‘कमाण्डिङ कपासिटीले काम गरेको बताउँथे उनका सहयोद्धाहरु ।

रोल्पा जिल्लाको राङसी वार्ड नं ९ मा २०२२ सालमा रामसुर र आमा मनसराको माइलो छोराको रुपमा उनको जन्म भएको हो  । सामान्य किसान परिवारमा जन्मेका पासाङको परिवार भने स्थानीय राजनीतिक रुपमा परिचित थियो । बुवा रामेश्वरले पासाङलगायत ५ जना छोरा र ३ छोरीलाई हुर्काउनु त्यति सजिलो थिएन । गाउँका ठालु सामन्तहरुले  जग्गा जमिन खोसेका थिए । तर पनि बुवाले सबै छोरालाई अध्ययन गराउन सफल भए । पासाङका दाजु इन्जिनियर, साइलो भाई उच्च माविसका प्राचार्य, कार्यला भाई खेती किसानीमा संलग्न छन् । कान्छो भाई कमललाई अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य हुँदा राज्यले मारेको थियो ।  पासाङलाई जनयुद्धमा नेपाली जनरल ज्याप पनि भन्ने गरिएको थियो ।

सक्रिय क्रान्तिकारी राजनीतिक जीवनका कारण स्थानीय वर्ग संघर्षहरुमा उनको सक्रिय सहभागिता स्थानीय प्रशासनलाई पचेको थिएन । त्यसैले माओवादीले जनयुद्धको सुरुआत गर्नु अगाडि नै पासाङको टाउकोको मूल्य स्थानीय प्रशासनले तोकेको थियो । उनको टाउकाको मूल्य ३५ हजार राखिएको थियो ।

माओवादी जनयुद्धको उद्गम थलो रोल्पाका स्थायी वासिन्दा पासाङको राजनीतिक यात्रा २०३६ सालबाट  सुरु भएको हो । २०३७ सालमा ७ कक्षा उत्तीर्ण गरेपछि माध्यमिक तहको अध्ययनका लागि सदरमुकाम लिवाङ पुगेका पासाङलाई पढ्दै गर्दा अखिल छैठौंमा आबद्ध भएको आरोपमा प्रहरीले वारेण्ट जारी ग¥यो । स्कूल प्रशासनले राजनीति या स्कूलमध्ये एक रोज भन्ने चेतावनी दिएपछि उनी ९ कक्षा पढ्न थवाङ पुगे । थवाङ त्यतिखेबेला नै क्रान्तिकारी कम्युनिष्टहरुको गढ थियो । त्यहीँबाट २०४२ मा उनले हाइस्कूल पास गरे ।
एसएलसी गरेपछि पासाङको भूमिका शिक्षकको रुपमा देखियो । २०४१ सालदेखि उनी गाउँकै विद्यालयमा शिक्षक भइ काम गर्न थाले । तर राजनीति गरेको आरोपमा जेलमा थुनिए । उनले धेरै समय पढाउन पाएनन् । पूर्वमन्त्री जयपुरी घर्ती, माओवादी नतृ तारा घर्तीलगायत उनका विद्यार्थी थिए ।

जेलबाट छुटेपछि पासाङले फेरी पढाइलाई असघ वढाउने निर्णय गरेर आइ।ए पढ्न दाङ गए । दाङ छदाँखेरी उनको सम्पर्क माओ विचारधाराका पक्षधर कम्युनिष्टहरुसँग भयो । २०४२ सालमा चौथो महाधिवेशनमा भएको फुटसँगै पासाङ मोहन वैद्यले नेतृत्व गरेको मोटो मशालमा आवद्ध भए ।

12202601_1644205939177828_1020357410_n

प्रजातन्त्र पुनस्र्थापनापछि बनेको नेपाली कांग्रसको सरकारले पश्चिम नेपालमा कम्युनिष्टहरुमाथि असहिष्णु व्यवहार देखाउने क्रममा पासाङ पनि त्यसको सिकार भए । पासाङ स्थानीय शोसक सामन्तहरुको निसानामा परेका थिए । एकातिर पारिवारिकरुपमा नै विद्रोही चेत, अर्कोतर्फ सक्रिय क्रान्तिकारी राजनीतिक जीवनका कारण स्थानीय वर्ग संघर्षहरुमा उनको सक्रिय सहभागिता स्थानीय प्रशासनलाई पचेको थिएन । त्यसैले माओवादीले जनयुद्धको सुरुआत गर्नु अगाडि नै पासाङको टाउकोको मूल्य स्थानीय प्रशासनले तोकेको थियो । उनको टाउकाको मूल्य ३५ हजार राखिएको थियो ।

रोल्पा त्यतिबेला प्रहरी अप्रेसनको केन्द्र थियो । २०५१को स्थानीय चुनावमा उनलाई १५ दिन पक्राउ हिरासतमा राखियो । २०५१ सालमा नै उनीमाथि गोली प्रहार भयो । । यो आक्रमण मंसिर ९ गते इरबाङको मेलामा भएको थियो । प्रहरीले पक्रिन आउँदा लट्ठि चलाएर पासाङ भाग्न खोजेपछि उनलाई गोली हानिएको थियो । प्रहरीले लोकबहादुर घर्ती र मनबहादुर पुनको मेलामैं हत्या गरेको थियो ।

त्यसपछि २०४८ सालमा तत्कालिन चौथो महाधिवेशन र मशालबीच एकता भई बनेको एकताकेन्द्रमा पूर्णकालिन कार्यकर्ताका रुपमा पासाङ भूमिगत भए । त्यतिन्जेल तत्कालीन एकताकेन्द्र भित्र जनयुद्ध सुरु गर्ने या नगर्ने विषयमा तीव्र अन्तविरोध चर्किरहेको थियो । यसैकारण सोही वर्ष एकता केन्द्र विभाजन भएर प्रचण्डको नेतृत्वमा नेकपा माओवादी गठन भएर दीर्घकालीन जनयुद्धको नीति पारित गरियो । २०५२ फागुन १ गते ुरु भएको जनयुद्धसँगै पासाङको फौजी जीवन सुरु भयो ।

पासाङलाई उप–राष्ट्रपतिमा एमाओवादीले प्रस्ताव गर्दा एमाले र विभिन्न शक्ति केन्द्रबाट त्यसको विरोध भयो । एमाओवादी भित्रैबाट पनि पासाङले सक्रिय राजनीति जीवन त्याग्नु हुदैन भन्दै उनलाई उप–राष्ट्रपति नबनाउन प्रचडलाई ठूलो दबाब आयो । तर पूर्व जनमुक्ति सेना माझ लोकप्रिय उनलाई कुनैपनि हालतमा उप–राष्ट्रपति बनाउने एमाओवादी अडान पछि पासाङ नेपालको दोस्रो उच्च पदमा पुगे ।

जनयुद्धको सुरुवातपछि फौजी कमाण्ड सम्हाल्दै पासाङले २०५६ सालमा छापामारहरुको पहिलो कम्पनीको कमाण्ड गरे । त्यतिन्जेलसम्म माओवादीले नियमित सेनाको साटो छापामार युद्धमा जोड दिएको थियो ।

12188397_1644206595844429_2088632284_nमाओवादी जनयुद्धप्रति सरकारले कडा नीति अख्तियार गरेपछि माओवादीले पनि आफ्नोसैन्य शक्ति व्यापक विकास र विस्तार गरे यही बीचमा कयौ ठूल–ठूला आक्रमण माओवादीले सफलता पाए । पासाङको नेतृत्वमा २०५६ मा प्लाटुनहरुलाइए समेटेर कम्पनी बने । त्यसको कमाण्डर उनी भए । त्यसपछि सैन्य संरचनाको विकास सँगै बटालियन कमिसार, बटालियन कमाण्डर, बिग्रड, डिभिजन, डेपुटी कमाण्डर र जनसेना प्रमुख बने पासाङ । उनले आफ्नो कमाण्डमा दुइदर्जन वढी लडाँईको मोर्चा लडे । माओवादीको पहिलो उल्लेख्य आक्रमणका रुपमा लिइने डोल्पाको दुनै, जुम्ला सदरमुकाम, दाङको घोराही, अछामको मंगलसेन, अर्घाखाँचीको सन्धीखर्क, म्याग्दीको बेनी, रोल्पाको गाम, लिस्नेलगायतका ठूलो युद्ध मोर्चाको कमाण्ड पासाङले गरे ।

शान्ति प्रक्रियामा आएपछि एमाओवादीको जनमुक्ति सेना नेपाली सेनामा समायोजन भएपछि पासाङको सैन्य जीवनको विधिवत अन्त्य भयो । त्यसपछि उनी पार्टीको राजनीतमिा सक्रिय देखिए । सेना समायाेजनमा पासाङ भूमिका महत्वपूर्ण रह्याे । उनले त्यतिखेर पार्टीकाे निर्णयकाे विराेध गरेकाे भए माअाेवादी शान्तिप्रक्रियामा अाउन सक्ने थिएन ।

दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौँमा क्षेत्र नं ४ बाट चुनाव लडेका पासाङ नेपाली कांग्रेसका सांसद गगन थापासँग पराजित भए ।

पार्टी जीवनमा प्रचण्डका सहयोगीका रुपमा चिनिदै आएका पासाङलाई उप–राष्ट्रपतिमा एमाओवादीले प्रस्ताव गर्दा एमाले र विभिन्न शक्ति केन्द्रबाट त्यसको विरोध भयो । एमाओवादी भित्रैबाट पनि पासाङले सक्रिय राजनीति जीवन त्याग्नु हुदैन भन्दै उनलाई उप–राष्ट्रपति नबनाउन प्रचडलाई ठूलो दबाब आयो । तर पूर्व जनमुक्ति सेना माझ लोकप्रिय उनलाई कुनैपनि हालतमा उप–राष्ट्रपति बनाउने एमाओवादी अडान पछि पासाङ नेपालको दोस्रो उच्च पदमा पुगे । everestdainik बाट ..

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१