सलमानले प्रेमीका लुलियासँग अर्को वर्ष विवाह गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७२, बुधबार १२:५५

salman-luliya(एजेन्सी)  । बलिउडका स्टार नायक सलमान खानले इङ्गेजमेन्ट गरेका छन् । उनले रोमानियाकी प्रेमीका लुलिया वंतुरसँग इङगेजमेन्ट गरेका हुन् ।

रोमानियाली सञ्चारमाध्मयहरूले सलमान खानले लुलियासँग इङ्गेजमेन्ट गरेको दावी गरेका छन् । करिब ५ साता पहिले रोमानिया फर्किएकी लुलियाको हातमा एक औँठी देखाइएको थियो । उक्त औँठी इङगेजमेन्टको जस्तै रहेको सञ्चारमाध्मयहरूले जनाएका छन् । यी दुईले आगामी वर्ष विवाह गर्ने समेत रोमानियाली सञ्चारमाध्यमहरूको दावी छ ।

तर, यस विषयमा लुलिया र सलमान दुवैले कुनै पुष्टी भने गरेका छैनन् । दुई वर्ष पहिले सलमान खान र लुलियाको डेटिङको समाचारहरू आएका थिए । यसपछि पनि उनीहरूलाई पटक-पटक साथै देखिने गरेको थियो ।

सलमानले आफ्नी बहिनी अर्पिताको विवाह लुलियालाई आफ्नो परिवारसँग भेट गराएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१