सोनाक्षीकी हिरो अडेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७२, बुधबार ०६:२०
sonakshi_sinha.1बलिउड अभिनेत्री सोनाक्षी सिन्हा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अन्तर्राष्ट्रिय गायिका अडेललाई आफ्नो रोलमोडल मान्छिन् । अडेलको नयाँ गीत ‘हेलो’ अहिलेसम्मका सबै गीतभन्दा राम्रो भएको उनको तर्क छ ।

उनले ट्विटरमा लेखेकी छिन्, ‘अडेल मेरी हिरो हुन् । उनको नयाँ गीत हेलो मलाई सबैभन्दा बढी मन पर्ने गीत हो । उनको गीत मात्र होइन, आवाज पनि बुलन्द छ ।’

त्यसो त यसअघि पनि सोनाक्षीले बारम्बार अन्य हलिउड तथा बलिउड अभिनेता तथा अभिनेत्रीको खुलेर प्रशंसा गर्दै आएकी छिन् । उनी ट्विटरमा बारम्बार आफ्ना सहकर्मी तथा अग्रज कलाकारलाई प्रशंसा गर्छिन् ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१