गरेकै हुन् त सलमानले इन्गेजमेन्ट ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७२, मंगलवार १०:१३

salman-n-his-gf-luliaएजेन्सी । असफल प्रेमका कारण ब्याड ब्वाईको छवि बनाएका ५० वर्षीय नायक सलमान खान अब वैवाहिक जीवनमा बाँधिने हल्ला चलेको छ ।

उनीे एक विदेशी युवतीको प्रेममा रहेको हल्लामात्र होइन प्रेमीका लुलिया भन्तुरसंग गोप्य रूपमा इन्गेजमेन्ट भएको भारतीय मिडियामा समाचार आएको छ ।
सलमानकै फार्म हाउसमा छुट्टी मनाइरहेकी भनिएकी लुलियाको औंलामा सुनौलो औंठी देखिएपछि इन्गेजमेन्ट भएको बताइन्छ । फिल्म बजरंगी भाइजानको सुटिङको समयमा दुईबीचको डेटिङ निकै बाक्लो हुने गरेको हल्ला चलेको थियो । लुलिया सलमानलाई भेट्न सुटिङ स्पटमै पनि कैंयनपटक पुगेकी थिइन् । तर, सलमान भने यसबारे केही बोल्न चाहन्नन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१