प्रियंकालाई क्याट्रिनाले “रिप्लेस” गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७२, सोमबार १५:२७

katrina-kaif-smile-wallpaper-1024x756बलिउड अभिनेत्री क्याट्रिना कैफ र प्रियंका चोपडाको राम्रो सम्बन्ध नभएको समय–समयमा हल्ला चल्छ । चलचित्रमा कसले भूमिका निर्वाह गर्ने भन्ने विषयमा पनि अहिले विवाद चलिरहेको छ । यही विवादको बीचमा नयाँ समाचारले बलिउड तताएको छ । त्यो नयाँ समाचार हो– फिल्म ‘डन ३’मा क्याट्रिना कैफले प्रियंकालाई रिप्लेस गर्दै छिन् ।
यसअघि ‘डन’ फिल्मका दुई सिरिजमा शाहरुख खानका साथ प्रियंका चोपडा ‘लिड रोल’मा थिइन् । अबको फिल्ममा भने क्याट्रिना देखिनेछिन् । शाहरुखसँग क्याट्रिनाले काम गर्ने यो दोस्रोपटक हुनेछ । यसअघि यी दुई फिल्म ‘जब तक है जान’मा सँगै देखिएका थिए । फिल्मका लागि प्रियंकासँग समय नभएकाले निर्देशक तथा निर्माताले क्याट्रिनालाई छानेको बलिउड स्रोतले बताएको मिडियाले उद्धृत गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१