चर्चाका लागि के सम्म गरेनन् नेपाली हिरोइनहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७२, सोमबार ११:२२

चलचित्र दुनियाँमा टिकिरहन सहज छैन । अझ नायिकाहरुलाई त आफ्नो स्टारडम मेनटेन गर्न हम्मेहम्मे नै पर्ने गर्दछ । उसै त भारतीय चलचित्रको छायाँमा परिरहेको छ नेपाली चलचित्र, त्यसमाथि टिक्न पनि गाह्रो भएपछि हिरोइनहरु चर्चा पाउन तथा समाचारमा छाइरहनको लागि अनेकौँ हतकण्डा अपनाउने गर्दछन् । कपडा उतारेर अथवा बेड सिन दिएर दर्शकको मन तान्न खोज्ने हिरोइनहरु धरै छन् । अझ कतिपय हिरोइनहरुले चलचित्र उद्योगमा कपडा उतार्ने तथा अश्लिल सिन दिने कुरामा एक किसिमको छाप नै छोडिसकेका छन् । चर्चामा आउनकै लागि नांगिन तयार भएका पाँच नेपाली नायिकाको यहाँ चर्चा गरिएको छ ।

जिया केसी
jia kc

एटिएम फिल्मको अश्लिल दृश्यबाट एक्कासी चर्चाको शिखरमा पुगेकी नायिका हुन् जिया केसी । उनले दिएको सिनकै कारण यो चलचित्रमा सेन्सरबोर्डले प्रदर्शनका लागि रोम समेत लगाएको थियो ।पछि, केही दृश्य काटेर प्रदर्शन गरिएको थियो । त्यस्तै, उनले आफ्नो इमेजलाई निरन्तरता दिँदै बरबाद फिल्ममा काम गरिन् । आजकल जियाको अभिनय कलाका बारेमा भन्दा बढी उनको चर्चामा आउने प्रयासहरुका बारेमा कुरा हुने गर्दछन् । पछिल्लो समय भुवन केसीसँगको सम्बन्धलाई लिएर उनी चर्चामा छिन् ।

सुष्मा कार्की
sushma-karki

आइटम गर्लका लागि चर्चा कमाएकी नायिका सुष्मा कार्कीले सर्वाधिक हिट फिल्म लुटको उध्रेको चोली नामक गीतमा आइटम डान्स गरेर नेपाली चलचित्रमा एउटा छुट्टै इमेज बनाइन् । त्यसपछि, विन्दास, विन्दास २ जस्ता फिल्ममा काम गरेकी नायिकाका फिल्म पनि उनको अभिनयभन्दा बढी हट सिन तथा पोजहरुका कारण चर्चामा छिन् ।

पुजना प्रधान
poojana pradhan

अभिनयका साथसाथै नारीप्रधान चलचित्र निर्माणमा समेत सक्रिय रहेकी नायिका पुजना प्रधानले पनि नेपाली चलचित्र क्षेत्रमा एक ब्याड गर्लको इमेज बनाएकी छिन् । फिल्म हिरोमार्फत डेब्यु गरेकी नायिका प्रधानलाई उनले खेलेको चलचित्रले चर्चा दिलाउन सकेको छैन । यद्यपि, उनले दिएको बेड सिनको भने निकै चर्चा हुने गरेको छ ।

अरुनिमा लामा
arunima lama

अरुनिमा लम्साल लिड नायिका हैनन् तर पनि उनको पहिरनका कारण सानै भूमिका खेलेपनि उनले चर्चा निकै कमाउँछिन् । फिल्म किनकिनमा पनि उनी नांगिएकी छिन् भने राजेस हमालसँग बेड सिन पनि दिएकी छिन् ।

विनिता बराल
Binita Baral

विनिता बरालले फिल्म चपली हाइटबाट चलचित्र क्षेत्रमा प्रवेश गरिन् । व्यवसायिक रुपमा फिल्म सफल पनि बन्यो तर उनको इमेज भने नकारात्मक बन्यो । उनले फिल्ममा गरेको अभिनयभन्दा पनि उनले दिएका बोल्ड सिनहरु हेर्न दर्शकहरु हलसम्म तानिएको पाइयो । त्यसपछि उनले फुलस्टप फिल्ममा काम गरिन् तर त्यो फिल्मले दर्शकको अपेक्षा पूरा गर्न सकेन । फलस्वरुप फिल्म असफल रह्यो । पछिल्लो समय कृषि पेसामा व्यस्त बनेकी नायिका बरालले सुपस्टार नामक चलचित्रमा काम गरेकी छिन् । फिल्मले प्रदर्शनको तयारी गरिरहेको छ ।

साभार – businesssansar.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१