भारतीय हस्तक्षेप विरुद्ध उर्लिए रुपन्देहीका विद्यार्थी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ आश्विन २०७२, बिहीबार ०६:४८

timthumbरुपन्देही ।  अघोषित रूपमा भारतले लगाएको नाकावन्दीका बिरुद्व रुपन्देहीमा क्रियाशिल विभिन्न ६ विद्यार्थी संघसंगठनले बिरोध गरेका छन्। भारतीय हस्तक्षेपका बिरुद्व केहीदिन यतादेखि विद्यार्थी संघसंगठनहरुले संयुक्त रुपमा बिरोधका कार्यक्रमहरु गर्दै आएका छन्।  विद्यार्थी संघसंगठनहरुको सयुक्त संघर्ष समिति र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले संयुक्त रुपमा बुटवलमा बुधबार विरोध र्‍याली निकालेका हुन्।

बिरोध सभामा अनेरास्ववियुका रुपन्देही अध्यक्ष सन्दिप वि.क, नेविसंघका जिल्ला सचिव विक्रम शेरचन, अनेरास्ववियु छैठौंका क्षेत्रीय सदस्य सुमन भण्डारी, अखिल क्रान्तिकारीका जिल्ला संयोजक अनुप पोखरेल, माधव पाण्डे, नेक्राविसंघका जिल्ला अध्यक्ष रामचन्द्र श्रेष्ठ, सिर्जना क्षेत्री, सुरक्षा आचार्य लगायतका विद्यार्थी नेताहरुले बोल्दै भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर हस्तक्षेप गरेको भन्दै भारतसंग नझुक्न दलका नेताहरुलाई सुझाव दिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१