भारतीय ‘दादागिरी’ विरुद्ध ११ विद्यार्थी संगठनको ध्यानाकर्षपत्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७२, मंगलवार १२:५१

dhyanakarshan-patraकाठमाडौं । नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको भन्दै संयुक्त ११ विद्यार्थी संगठनले त्यसको विरोध गरेको छ ।
विद्यार्थी संगठनहरुले आज संयुक्त रुपमा परराष्ट्रमन्त्री मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै नेपालको आन्तरिक मामलामा भारतले प्रदर्शन गरेको ‘दादागिरी’ घोर भत्सर्ना गरिएको छ ।
ध्यानाकर्षण पत्रमा नेपाल र नेपाली परिवर्तनको आन्दोलनमा अगाडि बढ्दा भारतले कुनै न कुनै स्वार्थ लिएर आफ्नो भूमिका खोज्न आइपुग्ने गरेको भन्दै नेपालको संविधान २०७२ संविधानमसभाबाट जारी हुँदा भने उसको भूमिका र स्वार्थ असफल हुँदा उसले अन्तराष्ट्रिय कानुनको खिल्ली उँडाउँदै अघोषित नाकाबन्दीमार्फत स्वतन्त्र देशको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने दुस्प्रयास गरेको उल्लेख गरिएको छ । यसैबीच विद्यार्थी संगठनहरुले भारतीय हस्तक्षेपविरुद्ध संयुक्त रुपमा विरोध प्रदशर््न गर्दै आएका छन् । हिजो सोको विरुद्ध लैनचौरस्थित भारतीय दूताबासमा धर्ना दिएका विद्यार्थीहरुले आज संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको नेविसंघका प्रवक्ता यूपी लामिछाने जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१