शिक्षकको आवेदन दिँदा कुटाइ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० आश्विन २०७२, आईतवार १३:०७

imagesअसोज । खोटाङको कृष्ण उच्चमावि टेम्मामा अनुदान कोटामा अंग्रेजी र नेपाली विषयको शिक्षक आवश्यक भन्ने सूचना पाएपछि आवेदन दिन आएका आवेदक स्थानीय युवाबाट कुटिएका छन् ।

विद्यालयले भदौ २९ देखि असोज ६ सम्म आवेदन दिन पाउने गरी आवेदन खुलाएपछि आवेदन दिन विद्यालय पुगेकामध्ये कल्याण बस्नेतले कुटाइ खाएका हुन् । ‘तुरुन्त आवेदन फिर्ता लैजा । हामी हाम्रो मान्छेलाई शिक्षक बनाउने अभियानमा छौं,’ ‘आफूले परीक्षाका लागि योग्यता पुगेका नेपालका जो सुकैले पनि सहभागी हुन पाउनुपर्छ भन्दा कुटपीट गरिएको बताउँदै पीडित बस्नेतले भने, ‘आफ्नो ज्यान जोगाउन मैले आवेदन फिर्ता गरेको हुँ ।’

स्थानीय विष्णुराज राईको नेतृत्वमा मनकुमार राई, सानुकाजी राई, प्रेमकुमार राई र खड्गबहादुर राईले आफ्नो मान्छे हीराकला राईलाई शिक्षक बनाउने भन्दै कुटपीट गरेको गुनासो बस्नेतले गरे ।

हीराकलालाई जागिर खुवाउन उनीहरुले आवेदन दिन आएकालाई आवेदन फिर्ता लिन दबाब दिँदै आएका छन् । ओख्रे डाँडागाउँका सुभाव पराजुली, सोही ठाउँमा रमेश थापा, मंगलटारका नन्दराज राईलगायतलाई आवेदन फिर्ता लिन धम्क्याएपछि उनीहरुले आवेदन फिर्ता लिएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१