विद्यालय खुलाउन हिसान, प्याब्सन र एनप्याब्सनको आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ आश्विन २०७२, शनिबार ०७:३९

school1काठमाडौँ । तराई मधेसका गत महिनादेखिको जारी बन्दहडतालका कारण बालबालिकाको पढ्न पाउने अधिकारको हनन् भएको भन्दै निजी शिक्षालय सञ्चालकका तीन संस्थाले वार्ताबाट समस्याको समाधान गर्न राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् ।
उमावि सङ्घ हिसानका अध्यक्ष तथा सांसद् उमेश श्रेष्ठ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०का अध्यक्ष लक्ष्यबहादुर केसी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९एनप्याब्सन०का अध्यक्ष कर्णबहादुर शाहीले आज संयुक्त विज्ञप्ति प्रकाशन गरी ४२ दिनदेखिको बन्दले विद्यार्थीमा तत्कालीन र दीर्घकालीन असर पर्ने भएकाले विद्यालय क्षेत्रलाई शान्ति क्षेत्र घोषणाको मर्मलाई समेत ध्यानमा राखी पठनपाठन नियमित गराउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा आन्दोलनकारी र सरकारी दुवै पक्षलाई वार्ता र संवादद्वारा यथाशक्य समस्या समाधान गर्न तथा विद्यालयमा बन्द हड्ताल, आगजनी, तोडफोड तथा चन्दाका नाममा आहत नबनाउन माग गरिएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१