कोरियन भाषा परीक्षाको नतिजा असोज २१ मा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७२, मंगलवार १०:३६

काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रशिक्षार्थी कामदार छनोट गर्न लिइएको छैटौं कोरियन भाषा परीक्षाको नतिजा आगामी २१ असोजमा सार्वजनिक हुने भएको छ ।

गत शनिबार र आइतबार गरी दुई दिनमा सम्पन्न भएको सो भाषा परीक्षामा कुल ४३ हजार ४ सय ६ जनामात्र सहभागी भएका थिए । यस वर्ष कुल ५१ हजार १ सय ३७ जनाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकामा अपेक्षा गरिएको भन्दा केही कम जम्मा ७ हाजर ७ सय ३१ जनाले मात्र परीक्षा नदिएको ईपीएस कोरिया शाखाले जनाएको आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१