छात्रा बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७२, मंगलवार ०८:०७

20140918395899-600x0बाजुरा । आफ्नै स्कूलमा अध्ययनरत एक छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । बाजुराको दुर्गम रुगिन ६ मा रहेको श्री बागेश्वरी माबिका प्रधानाध्यापक कृष्णबहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको हो ।

नेपालीले ट्युसन पठाउने बहानामा कक्षा ८ की छात्रालाई भदौ २८ गते राती आफ्नै कोठामा बोलाएर बलात्कार गरेको उजुरी परेपछि छानविनका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख श्यामप्रसाद पौडेलले जानकारी दिनुभयो । पीडित बालिकाका तर्फबाट बिच्छ्याँ प्रहरी चौकीमा उजुरी परेको थियो ।
कुल्देवमाडौं २ देनसायल घर भएका नेपालीलाई यसअघि ब्रहम्तोला ५ बजेडीमा कक्षा पाँचमा अध्यानरत बालिकालाई जबरजस्ती करणी गरेको भन्दै गाउँलेले विद्यालयबाट लखेटेको ब्रहमतोला ५ का मनिराम जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१