आफ्नै नग्न फोटो मोबाइलमा राख्दा मुद्दा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७२, मंगलवार ०६:२७

nude-in-mobileन्युयोर्क  । अमेरिकाका एक १७ वर्षिय किशोरमाथि आफ्नै नग्न फोटो मोबाइलमा राखेको विषयलाई लिएर मुद्दा चल्ने भएको छ । हाइस्कुलमा अध्ययनरत उक्त युवकले १६ वर्षको छँदा आफ्नी प्रेमिकासँग नग्न फोटो शेयर गरेका थिए । गत फेबु्रअरीमा उनलाई यसरी फोटो शेयर गरेको आरोप लाग्यो । उनी र उनको प्रेमिकाले एकअर्कासँग आफ्ना नग्न फोटो साटेका थिए । उत्तरी क्यारोलिनामा १६ वर्ष पुगेकाले यौन सम्बन्ध राख्न सक्छन् । तर अधिकारीहरुले बताएअनुसार १८ वर्ष नपुगेका व्यक्तिले यसरी मोबाइलमा आफ्ना नांगा फोटो शेयर गर्न पाउँदैनन् । उनीहरुलाई यसअघि प्रहरी हाईस्कुलबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१