राष्ट्रिय लिग –नवयुगको ह्याट्रिकमा आर्मीको जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ आश्विन २०७२, शुक्रबार ०७:२६

ballकाठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल आर्मी क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा आर्मीले विभागीय टोली नेपाल प्रहरी क्लबलाई ३–० गोलको अन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै आर्मीले जारी प्रतियोगितामा १४ अङ्क जोडेको छ ।
आर्मीको जितमा नवयुग श्रेष्ठ नायक बने । उनले खेलको पहिलो हाफमा एक गोल गरे भने दोस्रो हाफमा दुई गोल थप्दै ह्याट्रिक पुरा गरे । खेल सुरुवाती १५ औँ मिनेटमा श्रेष्ठले पहिलो गोल गर्दै खाता खोलेका थिए । त्यस्तै खेलको ६५ औँ र दोस्रो हाफको अत्तिरिक्त समय ९९० प्लस ४ मिनेट०मा पुन एक गोल थप्दै आफनो टिमको जित सुनिश्चित गरे ।
खेल अवधिभर गोल फर्काउन निकै प्रयासरत रहेको नेपाल प्रहरी अन्तत हार बेहोर्न बाध्य बन्यो । यस खेलसँगै प्रहरीको सात अङ्क रहेको छ । प्रतियोगितामा मोफसलका चार र ’ए’ डिभिजनका विभागीय तीन क्लबसहित पाँच क्लब गरी नौ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । मोफसलबाट झापा फुटबल क्लब, सुदूरपश्चिमाञ्चल क्लब, मोरङ फुटबल क्लब र लुम्बिनी फुटबल क्लब सहभागी छन् ।
त्यस्तै राजधानीबाट थ्रीस्टार क्लब, मनाङमस्र्याङ्दी क्लब, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल ९एपिएफ० र नेपाल आर्मी क्लब सहभागी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१