कसैका खुट्टामा त कसैको स्तनमा, यस्ता छन नेपाली अभिनेत्रीहरुका ट्याटु !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ भाद्र २०७२, बिहीबार ०७:०१

कसैका खुट्टामा त कसैको स्तनमा, यस्ता छन नेपाली  अभिनेत्रीहरुका ट्याटु ।काठमाण्डौ
ट््याटुको चलन नेपालमा चलेको धेरै वर्ष भएको छैन । नेपालकी सदाबहार सुन्दर नायिका करिश्मा मानन्धरको छातिमा ट्याटु देखिएपछि यसको चर्चा बढेको हो । ट्याटु देखिने पहिरनमा नायिकाहरु सार्वजनिक हुँदा त्यसप्रति धेरैको आँखा जाने गरेको छ । नेपालका लागि नौलो रहेको ट्याटुको क्रेज क्रमश बढ्ने क्रममा छ । योसँगै विभिन्न आकृतिका ट्याटु खोप्नेहरुले यो पेशालाई व्यवसायीक रुप नै दिन थालीसकेका छन् । सेलीब्रेटीहरुको ट्याटुप्रति आकर्षित भएर ट्याटु बनाउनेहरु बढ्दै गएका छन् । बलिउड र हलिउडका सेलीब्रेटीको शरिरमा देखिने ट्याटु अहिले नेपाली सेलीब्रेटीको ज्यानमा पनि देखिन्छ । ट्याटु खोप्ने नेपाली नायिकाहरु यस्ता छन् ।
करिश्मा मानन्धर
सदाबहार सुन्दर रहने नायिका करिश्मा मानन्धर । उनको सौन्र्दयताको चर्चा अझै सेलाएको छैन । त्यसमाथि उनको छातिमा रहेको ट्याटुको चर्चा पनि बेलाबखत हुने गरेको छ । उनलाई मन पराउने आँखाहरुको कमी छैन । उनको ट्याटुले  अझै धेरैलाई आकर्षित गरीरहेको पाईन्छ ।


प्रीयंका कार्की
छाटो समयमा गतिलो प्रगति गर्ने नायिकामा पर्छिन प्रीयंका कार्की । उनले अमेरिकाबाट फर्किएर आफ्नो अभिनय यात्रालाई शिखरमा पुर्याउँदै छिन् । नेपाली चलचित्र बजारमा उनको माग बढ्दै गएको छ । यसै पनि सुन्दर प्रीयंकाको ढाडमा भएको ट्याटु, आकर्षणको अर्को बिन्दु बनेको छ ।


शुष्मा कार्की
विवाद र चर्चाको संगम हुन् नायिका शुष्मा कार्की । कहिले पहिरन त, कहिले प्रेमीका कारण उनी नेपाली चलचित्र नगरीमा चर्चामा नै रहन्छीन । उध्रेको चोली आईटम डान्स र बिन्दासमा दिएको बिन्दास सिनले उनलाई हट नायिकाको परिचय दियो । त्यो परिचयलाई उनको देब्रे स्तनमाथिको ट्याटुले अझै चम्काउन सहयोग गरेको छ । सूर्य आकारको उक्त ट्याटुको चर्चा सिनेजगतमा व्यापक भयो ।


शसी खड्का
मोडल तथा अभिनेत्री शसी खड्का सानो जिउडालकी सुन्दर अभिनेत्री मध्येकी एक हुन् । विभिन्न गीतको म्युजिक भिडियोमा देखिने शशीले केहि चलचित्रमा पनि अभिनय गरीसकेकी छिन् । उनले पनि देब्रे छातीमाथी ट्याटु खोपाएकी छिन् । ट्याटु देखाएर खिचिएको फोटोमा उनी झनै सेक्सी देखिन्छीन ।


जिया के सी
चर्चा र विवादमा पर्न पछि नपर्ने अर्की नायिका हुन् जिया केसी । उनको चर्चा चलचित्र एटिएमले चुलाईदिएको हो । त्योसँगै नायक भुवन केसीसँगको  निकटताका कारण पनि उनी चर्चामा आउने गरेकी छिन् । बोल्ड सिन दिन पछि नपर्ने नायिका जिया केसीको देब्रे स्तनमाथि ट्याटु छ । कतिपय फोटोसुटका क्रममा उनले उक्त ट्याटुलाई देखाउने गरेकी छिन् ।

शुभेच्छा थापा
नायिका शुभेच्छा थापाले केहि केहि नेपाली चलचित्र समेत निर्माण गरेकी छिन् । हट फोटो सुट गर्न नहिच्कीचाउने उनको छातिमा ट्याटु देखिन्छ । केहि समय अघि उनले गरेको फोटो सुटका क्रममा उनको छातिमा नेपालको झण्डा देखिएको थियो । उनले दुई वटा झण्डा भएको ट्याटु खोपेकी छिन् ।


अशिष्मा नकर्मी
अशिष्मा नकर्मी पनि उदाउँदी नेपाली नायिका हुन् । केहि चलचित्रमा अभिनय गरिसकेकी अशिष्माले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् । उनको पछाडि डाढमा ट्याटु छ ।

अरुणीमा लामा

चलचित्र किनकिनबाट चर्चामा आएकी नायिका हुन् अरुणीमा लामा । किनकिनमा उनलाई कलात्मक रुपमा बोल्ड देखाइएको छ । उनले भने आफ्नो खुट्टामा ट्याटु खोपाएकी छिन् ।

पस्तुति  : राधिका

aradioaudio.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१