शिक्षकहरु धमाधम राजीनामा दिँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ भाद्र २०७२, शनिबार ११:३०

downloadपाँचथर  ।

शिक्षक सेवा आयोगले लाइसेन्स नभएका शिक्षक हटाउन जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गरेपछि जिल्लामा अहिले बिना लाइसेन्सका शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् ।

जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक, स्रोत व्यक्तिलगायतले निकालेको तथ्याङ्कमा जिल्लामा स्थायी, अस्थायी, राहतका गरी ५६ जना शिक्षकको लाइसेन्स नरहेको पाइएको छ ।

त्यसमध्ये अहिलेसम्म छजनाले राजीनामा दिइसकेको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए ।

उनले भने – “आयोगले अहिले लाइसेन्स नभएका शिक्षकलाई धमाधम सेवाबाट अवकाश गर्न भनेपछि उनीहरु आफैँले राजीनामा गर्न थालेका छन् भने लाइसेन्स नभएका शिक्षकको तलब निकासा नै नगर्न परिपत्र आएको छ ।”

जिल्लामा बढी विज्ञान र गणित विषय पढाउने शिक्षकको लाइसेन्स नरहेको पाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१