क्यान्सर पीडित थापालाई नेविसंघ युके आर्थिक सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ भाद्र २०७२, शुक्रबार १४:०८

help photoकाठमाडौँ  । नेपाल विद्यार्थी संघ युकेले ब्लड क्यान्सर पीडित ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । नेविसंघ युकेका कार्यवहाक अध्यक्ष कुश बस्नेतको नेतृत्वमा युकेमा संकलन गरिएको २ लाख २७ हजार रुपैयाँ ब्लड क्यान्सरबाट पीडित धादिङ निलकण्ड–८ की १६ वर्षीया हेमन्तकुमारी थापालाई हस्तान्तरण गरिएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा उपचाररत थापालाई शुक्रवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले अस्पतालमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । नेबिसंघ नेतृ थपलियाले ब्लड क्यान्सर पीडित थापालाई आर्थिक सहयोग गर्न नेविसंघ युकेलाई अपिल गरेपछि नेविसंघ युकेका कार्यवहाक अध्यक्ष कुश बस्नेत, संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक कुशल घिमिरे, उपाध्यक्षहरु राजन खकुरेल र रेशम बस्यालको सक्रियतामा युकेमा रहेका नेपालीहरुसँग संकलन गरेर ब्लड क्यान्सर पीडित थापाको उपचारका लागि पठाइएका थिए । रकम हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता कोइरालासँगै नेविसंघ पूर्वमहामन्त्री मनोजमणि आचार्य, नेविसंघकै नेताहरु उर्मिला थपलिया, निलकण्ठ रिजाल, गोपाल चौलागाईँ लगायतका नेताहरुको उपस्थिति रहेको थियो । क्यान्सर पीडित थापालाई आर्थिक सहयोग गर्न नेविसंघ युकेले चलाएको सहयोग अभियानमा गर्नेहरुमा रिहाना अख्तर १००, राजन खकुरेल ७०, शिव तिमल्सिना १० हजार रुपैयां, कुश बस्नेत ५०, ललित न्यौपाने ३५, रेशम बस्याल ३१, बिनोद सुबेदी ३१, गगन गुरुङ ३१, महेन्द्र कंडेल ३१, फुल कुमारी थापा मल्ल, बीबी थापा र परिवार ३१, कुशल घिमिरे ३०, हिराधन राई ३०, दीपक श्रेष्ठ ३०, विकल चन्द्र आचार्य ३०, रोहित छेत्री ३०, कोपिला सुब्बा २६, युवराज गुरुङ २५, किरण राई २५, हरि गुरुङ २५, यज्ञमुर्ती पाण्डे २१, बलराम धरेल २१, जय राई २१, शारदा कुंवर २१, प्रमोद अधिकारी २१, गणेश पाण्डे २१, डा. बिछ्यान राई २१, डा. राजु लिम्बु २१, नारायण खड्का २१, कुल आचार्य २१, सुरज केसी २१, राजन छेत्री २१, गणेश खड्का २१, हिमाल न्यौपाने २१, गणेश दाहाल २१ पाउण्ड सहयोग गरेका थिए । यसैगरी सूर्य नेम्बाङ २०, सुजिता मल्ल २०, जीवन सेन २०, दिनेश विक्रम बिस्ट २०, मोहन घिमिरे २०, अमित कंडेल २०, एभरेष्ट गौतम २०, ज्ञानेन्द्र कुमार थापा २०, प्रकाश भट्टराई २०, अर्जुन कटुवाल २०, बिज्ञान प्रसाईं २०, जया राई २०, भेष थापा १७, प्रसुना कंडेल १५, मुछेत्र गुरुङ १५, खगेन्द्र शेरचन १५, टेकेन्द्र जंगबहादुर सिंजाली १५, कम्बंग २ हजार, सबिन कार्की ११, बिन्दु पुन १०, क्रुएनिए मयोनैसे १०, झपत भुजेल १०, किरण शेरचन १०, जीवन गाउंले १०, विनोद पन्थी ५ र भट्ट आचार्यले ५ पाउण्ड सहयोग गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१