थरुहटको बन्द लम्बियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ भाद्र २०७२, बुधबार १२:२५

काशी पोख्रेल

पश्चिम कञ्चनपुरदेखि चितवनसम्मका जिल्लाहरुलाई स्वायत्त थरुहट प्रदेश घोषणाको माग गर्दै आन्दोलनमा उत्रिएको थरुहटरथारुवान संयुक्त संघर्ष समितिलले थरुहट तराईमा गर्दै आएको आमहड्ताल भदौ ३१ गतेसम्म लम्बिएको छ ।
सिंहदरवारमा बसेको बैठकले सरकारले थारुको माग बेवास्ता गरेको भन्दै आमहड्ताल लम्बाउनुपरेको सर्घष समितीले बताएको छ । साउन २७ गतेदेखि आमहड्ताल गर्दै आएको समितिले यसअघि भदौ १६ गतेसम्मलाई आमहड्ताल तोकेको थियो ।
सरकारले समितिलाई दुईपटक वार्ताको आह्वान गरे पनि राज्यले धरपकट जारी राखेको भन्दै समितिले वार्ता नगर्ने चेतावदी दिँदै आएको छ । समितिले सात बुँदे मागपत्रसहित सरकारलाई जवाफ पठाएको थियो ।
समितिले जारी आमहडताललाई निरन्तरता दिन सबै जिल्ललाई निर्देशन दिएको जनाएको छ । पूर्वनिर्धारित कार्यक्रम बमोजिम शान्तिपूर्ण आन्दोलनमा सहभागि हुन सबै थारु समुदायसँग अपिल समेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१