विद्यार्थी बिरामी हुन थालेपछि पठनपाठन प्रभावित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ भाद्र २०७२, मंगलवार १०:५०

main058खोटाङ ।

खोटाङको पश्चिमी गाविस विजयखर्कस्थित चम्पावती माविका विद्यार्थी एक्कासि बिरामी हुन थालेपछि पठनपाठन प्रभावित भएको छ ।

कक्षामा बसिरहेका विद्यार्थीमा एक्कासि काम्ने, रुने, कराउने र बेहोस हुने लक्षण देखिएपछि पठनपाठन प्रभावित भएको हो ।

कक्षामा बसिरहेको अवस्थामा आइतबार एकैसाथ नौ छात्रा र एक छात्र बिरामी भएको विद्यालयका प्रधानाध्यापक गोविन्द पोखरेलले बताए ।

सोमबार पनि एक छात्रमा उक्त लक्षण देखिएको प्रधानाध्यापक पोखरेलको भनाइ छ । विद्यार्थीमा देखिएको लक्षण ‘मास हिस्टोरिया’ हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१