पराजुलीले कृषि मन्त्रालय चलाईरहेको खुलासा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ भाद्र २०७२, मंगलवार ०७:३२

Hari-Prasad-Parajuliकाठमाडौ,१५ भाद्र  । असार १५ गते धान दिवसका दिन गोठाटारमा महिलामाथि दुब्र्यवहार देखाएको भनी मिडियाबाट चौतर्फी विरोध भएपछि कृषिमन्त्रीबाट राजिनामा दिएका हरिप्रसाद पराजुलीले नै अहिले पनि सो मन्त्रालय चलाउने गरेका छन् । बामदेव गौतामले मन्त्री निवासमा दुई वटा ब्लक लिएका छन् । ती दुई मध्ये एक ब्लकमा बसेर पराजुलीले कृषि मन्त्रालय चलाउने गरेका छन् । कृषिका फाइलहरु हेर्ने, सरुवादेखि विभिन्न निर्णय पराजुलीले नै गर्ने र सदर मात्रै उपप्रधानमन्त्री गौतमले गर्दै आएको दृष्टि साप्ताहिकमा खबर छ ।
पराजुलीले संकेत गरेपछि मात्र गौतमले फाइल सदर गर्दै आएको बुझिएको छ । कृषिका विदेश भ्रमणका फाइलसमेत पराजुलीबाटै सदर हुने गरेका छन् । राजिनामा दिएपछि पनि कृषि मन्त्रालयका कर्मचारीहरु पराजुलीलाई नै वास्तविक मन्त्री भन्ने गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१