प्राविधिक धारको शैक्षिक कार्यतालिका सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ भाद्र २०७२, शनिबार ०९:३९

Uchcha-Ma-Viभक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद्ले प्राविधिक धारतर्फको कक्षा ११ को कार्यतालिका आज सार्वजनिक गरेको छ । तर हालसम्म पाठ्यक्रम स्वीकृत पनि भएको छैन र सो विषय अध्यापन गर्ने उमाविहरुको पनि टुँगो लागिसकेको छैन ।

सो विषयको तयारी पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा मन्त्रालयमा भदौ ९ गते पठाइएको र भदौ १७ गतेभित्र स्वीकृत हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, भदौ २८ गतेबाट कक्षा सञ्चालन, असोज मसान्तभित्र रजिष्टेसन, माघ मसान्तभित्र परीक्षा आवेदन फाराम, २०७३ वैशाख १५ गतेभित्र प्रयोगात्मक परीक्षा सञ्चालन, असारको पहिलो साताभित्र वार्षिक परीक्षा सञ्चालन र २०७३ सालको साउन मसान्तभित्र नतिजा प्रकाशन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१