प्रश्नपत्रहरुको सङ्गालो साझा प्रकाशनले मात्र छपाइ गर्ने सम्झौता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७२, मंगलवार ०६:५५

sajha-prakashan-400x400काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद् र साझा प्रकाशनबीच कक्षा ११ र १२ का पूराना प्रश्नपत्रहरुको सङ्गालो साझा प्रकाशनले मात्र छपाइ गर्ने सम्झौता भएको छ ।

कसैले बिना स्वीकृति यी सामग्री अनधिकृत रुपमा छपाइ गरी विक्रीवितरण गरेको पाइएमा कानुनी कारबाही हुनेसमेत निर्णयमा उल्लेख छ । यस सम्झौताबाट उच्च माध्यमिक शिक्षा परिषद्ले निश्चित ‘रोयल्टी’ प्राप्त हुने र साझा प्रकाशनको कारोवारमा वृद्धि हुनेछ ।

यसरी दुई संस्थाबीच भइरहेको यो सम्झौताले दुवै संस्थाबीच पारस्परिक सहकार्यमा थप सहयोग पुग्ने भई आर्थिक उन्नतिको सन्देश प्रवाह हुने विश्वास गरिएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१