शिक्षकको कुटाइले कानको जाली फुट्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ भाद्र २०७२, आईतवार ०९:५६

250px-Ear

भक्तपुर,६  भदौ । शिक्षकले कुट्दा भक्तपुरका एक विद्यार्थीको कानको जाली फुटेको छ । भक्तपुर नगरपालिका देकोचास्थित जेन्युइन इङलिस सेकेन्डरी स्कुलका कम्प्युटर शिक्षक निर्जन श्रेष्ठले कुट्दा ६ कक्षामा अध्ययनरत १२ वर्षीय एरिकप्रताप थापाको कानको जाली फुटेको अभिभावकले बताएका छन् । ‘अक्षर राम्रो बनाउन र छिटो लेख्न भन्दै टाउकोमा टुटुल्को आउनेगरी कुटे,’ एरिकप्रतापले गुनासो गरे,‘एकैछिनमा फेरि पछाडिबाट दाहिने कानमा जोडले हाने । बेहोस नै हुनेगरी दुख्यो, कानको एकापट्टिको गालासमेत सुन्निएको छ ।’ एरिकका हजुरबा शिवकुमार थापाले शिक्षकले कुटेर कान सुन्निएको अवस्थामा नाति घर आएको बताए । ‘तत्कालै विद्यालयमा फोन गरी प्रिन्सिपललाई लिएर अल्का अस्पताल पुर्यायौं, अस्पतालमा चिकित्सकले कानमा गहिरो चोट लागेको र कानको जाली फुटेको बताए,’ उनले भने । चिकित्सकले एरिकलाई एक महिना आराम गर्न सुझाव दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१