शिक्षकमाथि कुटपिट, घटनाको विरोध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७२, शुक्रबार ०६:५४

beating-teachers-nepalsandesh-71परासी  । बिद्यार्थीहरु वन्दको विरुद्धमा उतारेको भन्दै नवलपरासीमा शिक्षकलाई कुटपिट गरिएको छ । त्रिभुवन बाल उच्च मावि ढोकीका बिद्यार्थीलाई र्यालीमा हिँडाएको भन्दै शिक्षक नन्दलाल महतोलाई माथि कुटपिट भएको हो । थारु कल्याणकारिणी सभा नवलपरासीका कार्यकर्ताहरुले उनलाई कुटपिट गरेका हुन् ।

कार्यकर्ताहरुले शिक्षकलाई सल्लाहा गर्नु छ भनि डण्डाको थारु संग्राहलयमा बोलाइ कुटपिट गरेको पीडित शिक्षक महतोले बताए । उनको आंखा र टाउकोमा चोट लागेको छ।

यसैबीच नेकपा एमाले नवलपरासी क्षेत्र नं.२ का अध्यक्ष सूर्य पाण्डेले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । एमालेका कार्यकर्ता समेत रहेको महतो माथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारवाहीको माग समेत गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१